प्रेमीसँग विवाह गर्न छोराको हत्या

सल्यान,प्रेमीसँग विवाह गर्न सल्यानकी एक महिलाले छोराको हत्या गरेकी छिन् । छत्रेश्वरी गाउँपालिका–४ सुँगुरपोखरी बस्ने १९ वर्षीया एलिसा खत्रीले नाबालक छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

पतिसँग सम्बन्ध राम्रो नभएपछि फोनमा कुराकानीकै क्रममा उनको एक अपरिचित व्यक्तिसँग प्रेम सम्बन्ध बढेको थियो । उक्त व्यक्तिसँग विवाह गर्ने योजना बनेपछि चार वर्षीय छोरालाई विष खुवाई हत्या गरेकोे बयान एलिसाले दिएको प्रहरी कार्यालय प्रमुख डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए । ‘श्रीमान् लीलाधर खत्रीसँग सम्बन्ध राम्रो नभएपछि अपरिचित ब्यक्तिसँग फोनबाटै प्रेमसम्बन्ध भएको बयानबाट खुलेको छ ।’

प्रहरी प्रमुख शाहीले भने, ‘अविवाहित हुँ भनी प्रेम सम्बन्ध कायम राख्न छोरालाई २८ पुसमा विष खुवाई हत्या गरेको उनले बयान दिएकी छिन् ।’ प्रहरीका अनुसार एलिसाले छोरालाई सल्फास नामक बिषाधि खुवाएकी थिइन् । त्यसपछि उपचारको लागि श्रीनगरतर्फ लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । छोरा मरेपछि स्थानीयलाई भ्रममा पारी खत्रीले शव जंगलमा गाडेकी थिइन् । प्रहरीले २९ पुसमै एलिसालाई पक्राउ गरी अनुसन्धान थालेको थियो




सम्बन्धित समाचार


error: Content is protected !!