दत्र्ता बिना मधिरा पसल सञ्चालन

सुकमाया थापा
डोल्पा ः दत्र्ता बिना नै यहाँको त्रिपुरासुन्दरी नगरपालिका – १ छलगार्डमा मधिरा जन्य पदार्थ बिक्री वितरण भइरहेको छ । स्थानीय व्यापारीहरुले उद्योग बाणिज्य संघ , घरेलु तथा साना उद्योग विकास समिति , आन्तरिक राजस्व कार्यालयबाट अनुमती नलिएरै मधिरा जन्य पर्दाथ विक्री बितरण गरेका हुँन् ।
खुल्याम अवैद्य रुपमा मधिरा जन्य पदार्थ विक्री बितरण गरिएपनि स्थानीय सरकारले कुनै पनि ध्यान नदिएको स्थानीयको गुनासो छ । पसलै पिच्छे मनपरी शुल्कमा मधिराज्य पर्दाथ संगै दैनिक उपभोग्य सामग्री बिक्री वितरण भइरहेको छ । दत्र्ता बिना सञ्चालन गरिएका पसलहरुले भारी मात्रामा व्यापार गर्ने र सेवाग्राहीको मनपरी मुल्यमा विक्री गरेपनि सरोकारवाला निकाय मौन रहदा समस्य भएको छ ।
शे फोक्सुण्डो निकुन्ज , नगरपालिका, उद्योग बाणिज्य संघले दैनिक उपभोक्ता भएको चर्को शुल्क र बैद्यानिक प्रक्रियमा ल्याइ स्थानीयबासीको मागको सम्वोधन गर्नुपर्ने छलका स्थानीयको माग छ ।







