भेरी नगरपालिकाबाट अपाङ्गता परिचयपत्र वितरण गर्न सुरु

जाजरकोट ः अपाङ्गता भएका व्यक्तिहरुलाई भेरी नगरपालिकाले परिचयपत्र वितरण गर्ने काम सुरु गरेको छ । सोमवार नगरपालिकाको कार्यालयमा नगरप्रमुख चन्द्र प्रकाश घर्तीले अपाङ्गता परिचय पत्र वितरण कार्य सुरु गरेका हुन् ।
उपप्रमुख भावना भण्डारीको अध्यक्षतामा बसेको अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण समन्वय समितिको बठैकको निर्णय पश्चात अपाङ्गता परिचय पत्र वितरण कार्य सुरु गरिएको हो । नगरपालिकाको अपांगता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार अपांगहरुलाई परिचय पत्र वितरण सुरु गरिएको हो ।
भेरी नगरपालिका– ८ की हिर्दकला शाहीलाई नगरप्रमुख घर्तीले अति अशक्त अपाङ्गता ९ख० बर्गको परिचय पत्र प्रदान गरेका छन् । त्यस्तै वडा नम्बर १ रिठापानीका तोयानाथ विक लाई पनि अति अशक्त अपाङ्गता ९ख० बर्गको परिचय पत्र प्रदान गरिएको छ । वडा नम्बर ११ मेटेलाकी रुपमा घर्तीलाई सामान्य अपाङ्गता अन्तरगत ९घ० बर्गको परिचय पत्र प्रदान गरिएको छ । वडा नम्बर १ का यज्ञ नेपालीलाइ पनि ९घ० बर्गकै परिचय पत्र प्रदान गरिएको छ ।
त्यस्तै वडा नम्बर ७ का एउटै घरका ३ जना बालबालीकालाई पनि अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । विरवल कामीका एक छोरा र दुई छोरीलाई परिचय पत्र प्रदान गरिएको छ । अति होचा र कम तौल भएका गोपाल विक, सरिता विक र हिरा विकलाई परिचय पत्र दिइएको हो ।
उनिहरु सवैलाई चिकित्सकको सिफारिस बमोजिम दिइएको निवेदनको आधारमा अपाङ्ग परिचय पत्र वितरण गरिएको नगर महिला शाखाकी प्रमुख शारदा शर्माले जानकारी दिइन् भन्दै भिजनले छापेको छ ।







