जल, जमिन र जंगलको समुचित प्रयोगले मात्र विकास सम्भव सांसद सिंह

जाजरकोट , जल, जमिन र जंगलको समुचित प्रयोगले मात्र विकासको गती अगाडी बढ्ने सांसद गणेसप्रसाद सिंहले बताउनुभयो ।

नलगाड नगरपालिकाको चौथो नगरसभालाइ सम्वोधन गदै सांसद सिंहले यस्तो बताउनुभएको हो । नलगाड नगरपालिका विद्युतको हर्वको रुपमा स्थापित गर्न आफु लागिपरेको उहाँले बताउनुभयो । नलगाड सरोकार समितिका संयोजक समेत रहेका सांसद सिंहले नलगाड जलविद्युत आयोजनालाइ राष्टिय गौरवको आयोजनाका रुपमा विकास गनर्का लागि लागिपरेको बताउनुभयो ।

विकासका लागि सवैले साझा एजेण्डा र सोच बनाउन उहाँले आग्रह गर्नुभयो ।उत्पादन र बजारीकरण लाइ संग संगै लिएमा किसानको जीवनस्तर माथी उठ्ने कुरामा जोड दिदै उहाँले स्थानीय सरकारले जनताको हरेक सुख , दुखमा अभिभावकको रुपमा निवाह गरेर काम गर्न आग्रह समेत गर्नुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!