सरकारी भवन र जग्गामा वडा कार्यालय स्थापना गर्न माग गदै आन्दोलन सुरु

जाजरकोट , नलगाड नगरपालिका वडा ८ को वडा कार्यालय मन्मैमा रहनुपर्ने माग गदै स्थानीयबासीले आन्दोलन सुरु गरेका छन् ।

अहिले सहमती बिना कार्याखेतमा रहेको वडा कार्यालय भाडामा सञ्चालन रहदै आएको छ । यत्ता आधा घण्टाको दुरीमा रहेको मन्मैमा सरकारी भवन र भारी मात्रामा जग्गा रहेको छ । सरकारी जग्गा र भवन प्रयोग बिहिन भएको भन्दै तत्काल वडा कार्यालय सञ्चालन गरेर सरकारी जग्गा र भवन सदुपयोग गर्न माग गदै आन्दोलन गरिएको नारायण खत्रीले बताउनुभयो ।

तत्काल वडा कार्यालय मन्मैमा रहने गरी निर्णय गर्न स्थानीयबासीहरु आन्दोलन गदै नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीमा पुगेका छन् ।

माग सम्वोधन हुन्छ नगरप्रमुख
केन्द्रका विषयमा बिवाद नगर्न नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले अनुरोध गनुभएको छ । यहाँले जनताको माग सम्वोधन गदै सरकारी जग्गा र भवनको सदुपयोग हुँने बचन दिनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!