पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा दुईरदुई रुपैयाँका दरले मूल्य बढाए हो। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ। मूल्य समायोनपश्चात् पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटर पाइने छ। फेब्रुरी १ मा इण्डियन आयल कर्पोरेशन ९आइओसी०ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ। आइओसीले प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको परिवर्तित मूल्य पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ। जसका आधारमा नेपाल आयल निगमले मूल्य समायोजन गरिने बताइएको छ।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!