रुकुम पश्चिममा एक महिला मृत फेला

रुकुम पश्चिम,रुकुम पश्चिममा एक महिला मृत फेला परेकी छन् । जिल्लाको सानीभेरी गाउँपालिका (३ ज्यामिरेकी ४८ वर्षीया सुनिता बुढा घर नजिकैको पाखो जमिनमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर देखि एक सय मिटरको दुरीमा बुढाको शव फेला परेको हो ।
यसअघि बुढा अत्याधिक मदिरा सेवन गरेर हिँड्ने गरेको घर परिवार तथा स्थानीय व्यक्तिबाट खुल्न आएकाले मदिरा सेवनकै कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर यस बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
बुढाका श्रीमान् र छोरा रोजगारीका लागि भारतमा रहेका छन् । बुढाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!