वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीद्वारा मालपोतका कर्मचारीलाई कालोमोसो

सुर्खेत,मालपोत कार्यालय सुर्खेतका सूचना अधिकारी नरबहादुर घर्तीलाई वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको विद्यार्थी संगठनका कार्यकर्ताले कालोमोसो दलेका छ्न्। बुधबार दिउँसो कार्यालय समयभित्रै वैद्य नेतृत्वको युवा विद्यार्थी संगठनले कालोमोसो दलेको विद्यार्थी नेता हिमाल शाहीले जानकारी दिए। मालपोतमा काम गर्ने कर्मचारीहरूले आफ्ना र पैसामुखी भएर काम गर्ने जनगुनासो आएपछि मोसो दलेको शाहीले बताए। उनले सेवाग्राहीलाई सास्ती दिएकाले जनकारबाही गरिएको बताए। शाहीले चेतावनीस्वरूप कालोमोसो दलेको जानकारी दिँदै आगामी दिनमा थप कारबाही गर्ने बताए। मालपोत कार्यालय सुर्खेतका प्रमुख लक्ष्मी खत्रीले कार्यालयमा मोट काट्दै गरेको बेला घर्तीलाई कालोमोसो दलेको बताए। ‘मुखमा हात लिएको देखिएको थियो’, उनले भने, ‘हातमा कालोमोसो रहेछ।’ उनले मालपोतको कर्मचारीको सुरक्षामा चुनौती भएको बताए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्री मोसो दल्ने वैद्य नेतृत्वको नेकपा–९क्रान्तिकारी माओवादी० पार्टीका सदस्यहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिए।थाहा साभार










