हिमपातबाट प्रभावित विपन्न नागरिकलाई कम्बल वितरण

डोल्पा,डोल्पाको उत्तरी क्षेत्रमापर्ने उपल्लो डोल्पाका दश जना स्थानीयलाई न्यानो कम्बल वितरण भएको छ। डोल्पो बुद्ध गाउँपालिका १ धोमा भएको कार्यक्रममा लगातारको हिमपातले प्रभावित भएका तीन वडाका दश जनालाई न्यानो कम्बल वितरण गरिएको हो। जिल्ला दैवी प्रकोप विपद् व्यवस्थापन कोषबाट खर्च हुने गरी वडा नं १ का ४ जना, वडा नं २ का २ जना, वडा नं ३ का ४ जना गरेर जम्मा दश जना अति विपन्न स्थानीयलाइ राहतस्वरूप न्यानो कम्बल वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

उपल्लो डोल्पा विकट क्षेत्रमा पर्ने र पुस(माघमा भारी हिमपातका कारण बडेको चिसोले त्यहाँका स्थानीयको जनजीवन अत्यन्तै कष्टकर हुने भएकाले थोरै भए पनि राहतको महशुस गराउन विपन्न घरपरिवार छनोट गरेर न्यानो कम्बल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए। सदरमुकाम दुनैदेखि करिब चार दिन पैदल हिँडेर पुगिने विकट गाउँमै पुगेर कम्बल वितरण गरेपछि स्थानीय खुशी भएको प्रजिअ थापाले जानकारी बताए। प्रजिअ थापाको संयोजकत्वमा गरिएको कार्यक्रममा लागुऔषध नियन्त्रणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्नुका साथै लागुऔषधविरुद्ध जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि सहितको लागुऔषध विरुद्धको जनजागरण समितिसमेत गठन गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश विष्टले जानकारी दिए। कार्यक्रममा समाजसेवी, बुद्धिजीवि, जनप्रतिनिधिलगायतका सरोकारवाला नियकायको उपस्थिति रहको थियो।थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!