३३ किलो सुन प्रकरणमा विमास्थलका अपरेटरविरुद्ध १४ करोडको भ्रष्टाचार मुदयर

काठमाडौंःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठसँग १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति भएको खुलाएको छ। विशेष अदालतमा मुद्दा दायर गर्दै अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय, काठमाडौंबाट अवैध रुपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धान कारबाहीको सिलसिलामा निलम्बनमा रहेका श्रेष्ठसँग सो सम्पत्ति रहेको जनाएको छ।श्रेष्ठले गैरकानूनी सम्पत्ति आर्जन गरेको भनी आयोगमा पर्न गएको उजुरीका सम्वन्धमा आयोगबाट गरिएको अनुसन्धानबाट श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा १४ करोड भन्दा बढी रकम गैरकानुनी तरिकाले आर्जन गरिएको देखिएको आयोगले जनाएको छ। आयोगले उनीविरुद्ध १४ करोड ६१ लाख विगो दाबी गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। थाहा साभार




सम्बन्धित समाचार


error: Content is protected !!