अस्पतालमा औषधी नहुँदा बिरामी मर्कामा

सुकमाया थापा
डोल्पा ः ठुलिभेरी नगरपालिका –६ माझपाल थर गाउँका इ गुरुङ जिल्ला अस्पताल डोल्पामा उपचारमा लागि दिनभरी हिडेर पुगे । अस्पतालमा डाक्टरले उनलाइ जाँच गरेर औषधी किन्न स्थानीय मेडिकल सिकाएपछि समस्यमा परेको बताए ।

टाउँको दुखेर हैरान भइ उपचारका लागि अस्पताल आएका गुरुङले जिल्ला अस्पतालमा ७० प्रकारका औषधी निशुल्क पाइन्छन् भनेको रेडियोबाट सुनेको भन्दै उनले भने“ अस्पतालमा औषधी छैन ,भन्दै मेडिकलमा पठाए , म सँग औषधी किन्ने पैसा पनि थिएन् , पाल्लो दुनै गएर काका घरमा गइ पैसा सापटी काडेर औषधी किनेको छु ” ।
उन जस्तै ठुलिभेरी नगरपालिका – ११ का पदम कार्की श्रीमती बिरामी भएर उपचारका लागि जिल्ला अस्पतालमा ल्याएर जाँच पछि मेडिकलमै औषधी किनेर उपचार गरेको बताए । उनले भने “ सवै बिरामीलाइ औषधी छैन् , भन्दै स्थानीय मेडिकलमा पठाएको देखे , जाँच मात्र अस्पतालमा हुँने तर औषधी मेडिकलमा किन्नुपर्ने कस्तो अच्चम्म रहेछ ?” ।
गुरुङ र कार्की औषधी किन्नुपरेको गुनासो गर्ने प्रतिनिधी पात्र हुन् । जिल्ला अस्पतालमा उपचारका लागि आउँने अधिकाँश विरामीहरु औषधी नपाएर मेडिकलमा किन्न बाध्य भएको गुनासो गर्छन् । करिव तीन हप्ता देखि डोल्पा अस्पतालमा औषधी अभाव भएपनि सरोकारवाला निकायले औषधी आपुर्ती गर्न पहल नगरेको स्थानीयको गुनासो छ । कर्णाली प्रदेश सरकारको मताहातमा भदौ देखि आएको जिल्ला अस्पताले ठुलिभेरी नगरपालिकाबाट पनि सोचे जस्तो सहयोग नपाएको स्थानीयको भनाइ छ । दैनिक बिरामी जाँच गरी औषधी बाहिर किन्न पठाउँदा हामीलाइ पनि दुख लाग्ने गरेको असिष्टेन्ट फार्मसिष्ट शाखाका बीरचन्द्र बोहोराले बताए । उनले भने “ जिल्ला अस्पतालमा तीन हप्ता देखि औषधी अभाव हुँदा समस्य उत्पन्न भएको छ , दैनिक बिरामीको चाप बढेसँगै औषधी नहुँदा उपचारमा समस्या परेको हो ” ।

सरकारले जिल्ला अस्पतालमा ७० प्रकारका औषधी निःशुल्क उपलव्ध गराउने भनेपनि डोल्पामा औषधीको अभावमा यहाँका बिरामीले निजी मेडिकलमा किनेर उपचार गर्न बाध्य छन् । दैनिक आवश्यकिय १५ प्रकारको औषधी नहुँदा दैनिक उपचार गर्न धौ , धौ भएको जिल्ला अस्पताल डोल्पाका निर्मित प्रमुख हिमबिक्रम शाहीले बताए । गाउँ , गाउँबाट बिरामी भएर आएका स्थानीयहरुको जाँच गरेपनि निःशुल्क उपलव्ध हुँने औषधी नहुँदा रितो हात फर्काउनु परेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । बिरामी जाँच गरेपनि औषधी किन्न मेडिकलमा पठाउँदा बिरामीहरु रिसाउने गरेको अस्तालको भनाइ छ ।

पुस १४ गते डोल्पा जिल्ला अस्पतालबाट औषधी चोरी भएको समाचार प्रशासित भएपनि हाल सम्म सो बिषयमा कारवाही प्रक्रिया अगाडी बढेको छैन् । स्थानीय सरकार गठन भएदेखि नै स्थानीय सरकारको खातामा औषधी खरिद देखि कर्मचारीको तलव सम्मको पैसा आउँने गरेको छ ।

यत्ता कर्णाली प्रदेश सरकारले औषधी खरिदका लागि जिल्ला अस्पताल डोल्पालाइ उपलव्ध गराएको रकमबाट औषधी खरिद प्रक्रिया हुन लागेको चिकित्सक सिजन रावलले बताए । औषधी खरिदको जिम्म नगरस्वास्थ्य शाखालाइ दिएकोले केही दिनमा औषधी आउँने बताए । भदौ देखि डोल्पाको जिल्ला अस्पताल प्रदेश मताहातमा समाहित भएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!