समाजवादी दर्शन सम्बन्धी १२ प्रश्न र उत्तर १ दर्शन के हो ?

रामदीप आचार्य

अंग्रेजी (philosophy) शब्द philo को अर्थ प्रेम र sophia को अर्थ विवेक जस्ता शब्दको मिलनबाट विवेक प्रेम वा विद्यानुराग हुन्छ ।ज्ञान प्रतिको पे्रमलाई दर्शनशास्त्र भनिन्छ । अर्को शब्दमा दर्शन भनेको विश्वलाई हेर्ने साधारण (आम) तरीका हो ।

२ दर्शन शब्दको पहिलो प्रयोगकर्ता को हुन ? प्राचिन युनानी दार्शनिक पाइथागोरस ।

३ दर्शनशास्त्रको मौलिक प्रश्न के हो ? “समग्र दर्शनको र विशेषत ;नयाँ दर्शनको महान मौलिक प्रश्न चिन्तन र सत्ताको सम्बन्धको प्रश्न हो । ’’ एंगेल्स “मानिसको चेतनाले त्यसको अस्तीत्वलाई निर्धारीत गर्दैन, अपितु यसको उल्टो, त्यसको सामाजिक अस्तित्वले त्यसको चेतानालाई निर्धारीत गर्छ ”। माक्र्स

४ भौतिकवाद के हो ? जुन सिद्धान्तमा ईश्वर वा कुनैपनि सृष्टिकर्ताको निषेध गर्दै सत्ता अर्थात, विश्व, अर्थात प्रकृती, पदार्थ वा वस्तुगत ]संसारलाई प्राथामिक दर्जामा राख्ने र त्यसैवाट चिन्तनको जन्म हुने कुरा स्वीकार गरीन्छ,त्यसको नाम भौतिकवाद हो । पदार्थ (matter)लाई प्राथामीक दर्जामा राखेको ले त्यसको नाम भौतिकवाद(Materialism) रहन गयो । “माक्र्सवादी दर्शन भौतिकवादी हो ।” लेनिन

५ आदर्शवाद के हो ? आर्दशवाद एक यस्तो दार्शनिक सिद्धान्त हो जस्को चेतना,आत्मा,संकल्प,विचार वा ईश्वर लाई प्राथामिक मान्दै त्यसैवाट विश्व,पर्दाथ वा प्रकृतिको जन्म भएको हो भन्ने कुरा स्वीकार गर्छ । विचार,आत्मा वा आदर्श ( Ideal) जस्तो अभौतिक तत्वलाई प्राथामिक मानेकोले त्यस सिद्धान्तको नाम आदर्शवाद (Idealism) रहन गयो ।

६ द्धैतवाद के हो ? चिन्तन र सत्ता,आत्मा र प्रकृति,चेतना र पदार्थलाई समानान्तर रुपमा प्राथामिक मान्ने,तिनमा समन्वय कायम गर्ने वा आफुलाई तटस्थ देखाउने गर्छन् तिनको दार्शनिक सिद्धान्तलाई द्धैतवाद (म्गबष्किm), समन्वयवाद वा तटस्थवाद भनिन्छ । द्धैतवादले आदर्शवाद तर्फ जाने ढोका खुल्ला गर्दछ ।

७ दर्शनशास्त्रको पद्धती के हो ? विश्वको विकास प्रक्रीया र त्यसको नियमहरुको अध्ययन गर्ने चिन्तन प्रणालीलाई दर्शन शास्त्रको पद्धती भनिन्छ । दर्शनशास्त्रको इतिहासमा विश्व दृष्टिकोणका दुई आधारभुत पद्धती रहिआएका छन, ति हुन द्धन्दवाद र अधिभुतवाद ।

८ द्धन्दवाद के हो ? द्धन्दवाद प्राचिन युनानी (Dialog) पदावलीबाट विकसीत भएको हो । यसको अर्थ हो बहसको कला ।

९ अधिभूतवाद भनेको के हो ? अधिभुतवाद पनि प्राचिन युनानी (Meta-Physica(उजथकष्अब) पदावलीबाट विकसीत भएको हो । यसले भौतिक विज्ञान भन्दा पर भन्ने अर्थ बुझाउछ । द्धन्दवाद (Dialectics ) र अधिभुतवाद (Meta-Physica) परस्पर विपरीत अर्थ बुझाउने पदावली हुन ।

१० के दर्शन वर्गीय हुन्छ ? हो । वर्गीय समाजमा दर्शन पनि वर्गीय हुन्छ । दर्शन शास्त्रको इतिहासमा भौतिकवाद र आदर्शवाद तथा द्धन्दवाद र अधिभुतवाद बिच जुन संघर्ष चल्दै आएको छ ,त्यो यसै वर्गीय वैचारीक संघर्षको प्रतिवीम्वन हो । हरेक दर्शनले आफ्नो वर्गहित, विचार र राजनितीक उदश्यको सेवा गर्दछ । द्धन्दात्मक भौतिकवाद माक्र्सवादी दर्शन हो । यसले श्रमजिवी सर्बहारा वर्गको सेवा गर्दछ भने अधिभुतवादी आर्दशवादले पुँजीपती वर्गको सेवा गर्दछ ।

११ दर्शनशास्त्रको विषयवस्तु के हो ? प्रकृति,समाज र चिन्तनका सामान्य विषयको अध्ययन नै दर्शनशास्त्रको विषयवस्तु हो । १२ दार्शनिक प्रणालिका तिन तत्व के के हुन ? (क) वर्गीय पक्षधरता,(ख) सिद्धान्त र (ग) पद्धती ।





error: Content is protected !!