सांसद पहाडीले नेपाल विविधताले भरिपूर्ण भन्दै दिनुभयो शुभकामना

काठमाडौँ, पुर्व शान्ति मन्त्री तथा सांसद सत्य पहाडीले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताउनुभएको छ ।

माघेसङ्क्रान्तिका अवसरमा उहाँले आज एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै सांसद पहाडीले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहाद्र्रताका लागि विश्वकै नमूना राष्ट्र भएको स्पष्ट पार्नुभएको छ । सांसद पहाडीले यस पर्वलाई सकारात्मक कामको थालनी अर्थात् सकारात्मक ऊर्जाको शुरुआतका रुपमा मनाउन र आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

माघीलगायत नेपालका मौलिक सांस्कृतिक एवम् धार्मिक चाडबाडहरु राष्ट्रकै सम्पत्ति भएकाले ती अमूल्य सम्पत्तिको संरक्षण एवम् प्रवद्र्धनका लागि राज्यका तर्फबाट नै उचित पहल हुनुपर्नेमा जोड दिनुभएको छ । यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने र हाम्रो मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदानसमेत दिने अपेक्षा सांसद पहाडीले गर्नुभएको छ ।





error: Content is protected !!