रिक्त १६ एसएसपी बढुवाको लाइनमा ३२ प्रतिस्पर्धी, यस्तो छ मापदण्ड सूचीसहित

काठमाडौं, । नेपाल प्रहरी अन्तर्गत एसएसपी बढुवाका लागि ३२ जना प्रतिस्पर्धी देखिएका छन् । कुल रिक्त १६ पदमा चार महिलासहित ३२ जना योग्य उम्मेद्धवार रहेका हुन् ।

सरकारले प्रहरी नियमावली २०७१ को नियम २८ को उपनियम १ ९क संशोधन गरेपछि बढुवाको बाटो खुला भएको हो । मन्त्रिपरिषद्को आईतबारको बैठकले सर्वोच्च अदालतको बढुवासम्बन्धी फैसलालाई आधार बनाउँदै नियमावली संशोधन गरेको हो । यसमा लोकसेवा आयोगको सहमति आउन भने बाँकी रहेको छ ।

यस्तो छ मापदण्ड

परिवर्तिन नयाँ नियमानुसार प्रथम श्रेणी तहको बढुवाका लागि चार वर्षबाट घटेर तीन वर्ष काम गरेको भए हुने नियम बनेको छ । जसअनुसार अब प्रहरीमा १६ एसएसपीको पद रिक्त रहने छ ।

नेपाल प्रहरीमा २०४७, २०४९, २०५१ र २०५२ प्रवेश गरी एसपी भएका ३२ जना देखिएका छन् । कार्यावधि तीन वर्ष नपुगेका भने बढुवामा सहभागी हुन पाउने छैनन् ।

प्रहरी नियमावलीअनुसार एसएसपी बढुवाको अधिकार गृहमन्त्रीमा निहीत हुन्छ । बढुवा समितिमा गृह सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्य र एकजना अतिरीक्त महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ ।

यी हुन् बढुवाका प्रतिस्पर्धी

बढुवाको पहिलो बरियतामा गणेश रेग्मी, दोस्रो बरियतामा श्यामलाल ज्ञवाली, तेस्रोमा सन्दीप भण्डारी, चौथोमा बसन्तबहादुर कुँवर र रामदत्त जोशी पाँचौंमा रामदत्त जोशी छन् ।

यस्तै एउटै ब्याचका महिलाहरु मिरा चौधरी थारु, किरण बज्राचार्य, दुर्गा सिंह र किरण राणा पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

यस्तै एसपीहरु भरतबहादुर बोहरा, टेकप्रसाद राई, रबिन्द्र केसी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, उमेशराज जोशी, नरेन्द्रप्रसाद उप्रेती, कुबेर कडायत, केदार ढकाल, जनक भट्टराई, राजेन्द्र बिष्ट र बिष्णुकुमार केसी पनि एसएसपी बढुवाको सूचीमा छन् ।

राजेशनाथ बास्तोला, लालमणि आचार्य, सुदिप गिरी, टेकबहादुर तामाङ, गोबिन्द कुमार शाह, उमाशंकर पञ्जियार, भिमप्रसाद ढकाल, दीपक थापा र अर्जुन चन्द ठकुरी पनि बढुवाका दाबेदार हुन् ।





error: Content is protected !!