रेडपाण्डाको छालसहित रोकाय पक्राउ

जाजरकोट ः प्रतिबन्धित रेडपाण्डा (हाव्रे) को छाला कारोवारमा संलग्न भएको आरोपमा सोमबार डोल्पा जिल्ला जगदुला ४ का २० वर्षीय दीपक रोकायलाई प्रहरीले पक्राउ गरेको छ ।
यस अघि पनि रेडपाण्डाको छालासहित जाजरकोट कालीमाटीका दुई युवक पक्राउ परेका थिए। उनीहरुकै बयानका आधारमा रोकायलाई प्रहरीले पक्राउ गरेको हो।
वन कार्यालयले दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रे (रेडपाण्डा) को छालाको व्यापार गर्ने कार्यमा संलग्न उनीहरु विरुद्ध मुद्धा चलाउने तयारी गरेको छ। प्रहरीले तीनै जनालाई डिभिजन वन कार्यालयको जिम्मा लगाएको छ।
आवश्यक अनुसन्धानका लागि वन कार्यालयले सहायक वन अधिकृत पूर्णप्रसाद ढकाललाई अनुसन्धान अधिकृत तोकेर प्रक्रिया अघि बढाएको डिभिजन वन अधिकृत मन्जुर अहमतले बताउनुभयो । जाजरकोटमा विश्वमै लोप हुने अवस्थामा पुगेको प्रतिबन्धित हाव्रे (रेडपाण्डा ) पाइन्छ। आवश्यक संरक्षणको अभाव र जनचेतनाको कमीले रेडपाण्डाको छाला चोरी शिकारी बढ्दै गएको छ।





error: Content is protected !!