कर्णालीका हिमाली जिल्लामा हिमपात

जाजरकोट , २३ पुस (रासस) गएराती देखि कर्णालीका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हिमपात सुरु भए संगै चिसो बढेको स्थानीयले बताएका छन् ।
जाजरकोटको उत्तरी पुर्वी क्षेत्र, पश्मिमको माथेलल्लो माग , माथेल्लो डोल्पा , जुम्ला , कालीकोट, हुम्ला , मुगुमा गएराती देखि नै हिमपात सुरु भएको हो । हिमपातका कारण सोमबार विद्यालय सञ्चालनमा समस्य भएको शिक्षकहरुले बताएका छन् । हिमपातले चिसो बढेपनि खेतबारीमा रोपेको तरकारी, गहुँ लगाएतका बालीलाई भने राहत भएको किसानहरुले बताएका छन् । सिचाई सुविधा नभएको ठाउँमा हिमपात भएसंगै अन्न उत्पादन वृद्धी हुँने किसानहरुले अपेक्षा लिएका छन् । हिमपातले घरका छानाहरु सेताम्य भएका छन् ।
पानी जमेका कारण हिउँ तताएर पानी खाने गरेको जाजरकोट पाँचकाटियाका पत्रकार डिल्ली थापाले बताउनुभयो । जाजरकोटको बारेकोट, पाँचकाटिया , जुनिचाँदेको जुनिबस्तीमा भारी हिमपात भएको छ । अहिले समाचार तयार पर्दा सम्मा पानी पर्ने क्रम जारी रहेको छ ।
डोल्पाको त्रिपुरकोट स्थित त्रिपुरासुन्दरी मन्दिर आसपास ।











