यसकारण बहुउपयोगी छ वर–पीपल

वर–पीपल प्रायः मध्यपहाडी भेगमा पाइने ठूलाठूला हाँगा हुने एक प्रकारको पतझर वनस्पति हो । यद्यपि, वर–पीपललाई धर्म–संस्कारसँग जोडेर हेरिन्छ । हिन्दू धर्ममा वर–पीपलको ठूलो महत्व छ । यिनीहरूलाई देवताको प्रतीकका रूपमा श्रद्धापूर्वक पुजिन्छ । साधना गर्न ऊर्जा र शक्ति दिने विशेषतायुक्त वनस्पति भएकाले वर–पीपललाई देवता मानिएको हो । पीपल सबैभन्दा बढी अक्सिजन दिने बिरुवासमेत हो । तसर्थ, पीपललाई भगवान् विष्णुको स्वरूप मान्दै पूजा गरिन्छ । पीपललाई पूर्ण विधिअनुसार पूजापाठ गर्नु भनेको सम्पूर्ण देवताको पूजा गरेसरह हो भन्ने विभिन्न धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।
किन सँगै रोपिन्छ वर र पीपल
वर र पीपललाई चौतारासँगै रोप्ने परम्परा छ । यिनीहरूलाई जोडीको प्रतीक मानेर सँगै रोप्ने गरिएको हो । वर र पीपलको विवाह गरिदिने चलनसमेत छ । यसरी चौतारीमा वर–पीपलसँगै रोप्दा चराचुरुंगीका लागि राम्रो वासस्थान हुने, बटुवाका लागि शीतल छहारी पैदा हुन्छ । त्यस्तै, गाउँघरमा मानिस वर–पीपल चौतारीमा भेला भएर भलाकुसारी गर्नसमेत उपयोगी हुन्छ ।
वर–पीपलमा औषधीय गुण
पर्यावरणको रक्षा गर्ने र वायु शुद्ध गर्न विशेष भूमिका खेल्ने भएकाले वर–पीपललाई देवतासरह मानिएको हो । यसमा पाइने विभिन्न औषधीय गुणका कारण रोगनिवारकको संज्ञा दिई पुजिने गरिएको हो । वर–पीपललाई विभिन्न रोगको अचुक औषधिका रूपमा आयुर्वेदमा उल्लेख गरिएको छ । ३३–३३ रोग निको पार्ने औषधि वर र पीपलबाट प्राप्त हुने विश्वास गरिन्छ । अब जानौँ यिनका गुण स्
श्वासप्रश्वाससम्बन्धी समस्याका लागि पीपल एकदमै उपयोगी हुन्छ । पीपलको बोक्राको चूर्ण बनाएर वा यसको पातलाई दूधमा मिसाएर नियमित सेवन गर्दा श्वासप्रश्वास र दमका बिरामीलाई फाइदा पुग्छ ।
पीपलको काँचो पातको रस बिहान–बेलुका एक–एक चम्चा खाएमा पेटमा ग्यास जम्मा हुने र कब्जियत निको हुन्छ ।
पीपलको पात र बोक्राको चूर्ण दन्तमञ्जनमा मिसाएर प्रयोग गर्न सकिन्छ । यसले दाँत बलियो हुनुका साथै दाँतसम्बन्धी रोग निको हुन्छ ।
विषालु जनावरले टोकेमा तुरुन्त पीपलको पातको रस घाउमा लगाउनुपर्छ । यसले शरीरमा विषको मात्रा कम हुन्छ । साथै, छालामा आउने दाद, सुक्खापनका लागि पीपल लाभदायी छ ।
जाडोमा हुने रुघाखोकी र शरीरमा आउने विभिन्न घाउखटिराका लागि वर–पीपलको पात उपयोगी हुन्छ ।
पीपलको पातमा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । यसर्थ, नरम पात खाँदा तनाव कम गर्न सहयोग पु¥याउँछ ।
वर–पीपलको जरा पानीमा भिजाएर छालामा लगाएमा चम्किलो हुनुका साथै विभिन्न समस्याबाट राहत मिल्छ ।
साथै, वर–पीपल कलेजो, आँखा, छाला, नपुंसकता आदिजस्ता समस्याका लागिसमेत लाभदायक हुन्छ ।










