रेडपान्डाको छाला सहित दुइ जना पक्राउ

जाजरकोट २२ पुस ः विश्वकै दुर्लभ वन्यजन्तु हाव्रे अर्थात रेडपान्डाको छाला सहित जाजरकोटमा आइतवार दुइ जना पक्राउ परेका छन् ।
प्रतिवन्धित रेडपान्डाको छाला विक्रि गर्न लिने तयारी गरेर जाजरकोट सदरमुकाम खलंगाको एक होटेलवाट दुइ जना युवाहरुलाइ पक्राउ गरिएको जाजरकोटको प्रहरी प्रमुख डिएसपी रविन्द्रवहादुर सिंहले बताउनुभयो । उनका अनुसार जाजरकोट खलंगावाट रेडपान्डाको छाला सहित नलगाड नगरपालिका वडा नम्वर ५ कालीमाटीका २५ वर्षिय गणेश सुनार र सोहि ठाउँका अर्का २५ वर्षकै युवराज विकलाइ प्रहरीले पक्राउ गरेको छ ।
यस्तै रेडपान्डाको छाला तस्करीमा मुख्य भुमिकमा खेल्ने डोल्पा घर भएका दिपक भनिनेको व्यापक खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका आखेटोपहारहरुको गैरकानूनी ओसारपसारलाई निरुत्साहित गरी नियन्त्रण गर्न बनेको साइटिस महासन्धि, १९७५ तथा राष्ट्रिय निकुञ्ज् तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ अनुसार दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत हाब्रेको छाला खरिद बिक्री तथा ओसार पसार हुन सक्छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले भेरी नगरपालिका ३ वाट रेडपान्डाको छाला सहित दुइ जनालाइ पक्राउ गरि थप अनुसन्धानका लागि डिभीजन वन कार्यालयमा वुझाइएको प्रहरी प्रमुख सिंहले बताउनुभयो ।
बिश्वको दुर्लभ वन्य जन्तु रेडपान्डाको वासस्थान रहेको जाजरकोटको बारेकोट र कुसे गाउँपालिकावाट तस्करहरुले रेडपान्डाको छालाको चोरी निकासी गर्ने गरेको प्रहरीले अनुमान गरेको छ । रेडपान्डाका लागि जाजरकोटको वारेकोट र कुसे गाउँपालिकाका जंगलहरु निकै उर्वर रहेको वन्यजन्तु विज्ञहरुको भनाइ छ ।





error: Content is protected !!