बहुमत लत्याए जनप्रतिनिधीले राजिनामा दिने

जाजरकोट ः जुनिचाँदे गाउँपालिको महुमत जनप्रतिनिधीले गरेको निर्णयलाई बाहिरबाट हस्तक्षेत्र हुँन थालेपछि यहाँका जनप्रतिनिधीहरुले राजिनामा दिने बताएका छन् ।
बन तथा बातावरण मन्त्रालयमा भएको छलफलमा जनप्रतिनिधीले यस्तो बताएका हुँन् । छलफलमा बन तथा बातावरण मन्त्री शक्तिबहादुर बस्नेत , सांसद प्रकास ज्वाला , गणेसप्रसाद सिंह, करबीर शाही , कृष्ण शाह , कौशिलाबती खत्रीको सहभागीता रहेको थियो । त्यस्तै छलफलमा जुनिचाँदे गाउँपालिकाका १० जना बडा अध्यक्ष , गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष अन्य राजनीतिक दलका नेताहरुको सहभागीता रहेको थियो । गत असारमा संवैधानिक व्यवस्था अनुसार गाउँपालिकाको बहुमत सदस्याले लुहादह प्रशासकीय केन्द्र तोकेर वैठकबाट निर्णय गरी प्रदेशमा पठाएको थियो । बहुमतको निर्णयलाई वैद्यानिकता दिदै केन्द्रमा सिफासिर गरिनुपर्नेमा अहिले सम्म अलझाएर राख्दा जुनिचाँदे गाउँपालिकाको काम समेत प्रभावित भएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । जनप्रतिनिधीले गरेको निर्णयलाई कुल्चिएर अहिले राजनीतिक सहमतीको नाममा बाहिरबाट हस्तक्षेत्र गरी काम गर्न नदिएको उहाँको भनाई छ ।
चुनाव जितेर संवैधानिक व्यवस्था अनुसार हामीले गरेको निर्णय नमान्ने हो भने हाम्रो काम के भयो , त्यसैले हामी सामुयिक राजिनामा दिने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । आजको वैठकमा १० जना वडा अध्यक्ष मध्य ७ जनाले लुहादहको पक्षमा बोलेका थिए भने ३ जना वडा अध्यक्षले सानाखोलाको पक्षमा बोलेका थिए । गाउँपालिकाका अध्यक्ष , उपाध्यक्षले समेत लुहादको पक्षमा धारणा राखेका थिए । पुर्व एमालेका वेदबहादुर शाही , सांसद करबीर शाहीले बैठकमा फरक मत राखेको एक सहभागीले जानकारी दिनुभयो । अहिले जनप्रतिनिधी गाउँमा र कर्मचारी सदरमुकाममा बसेर काम गरीरहेका छन् ।










