डोल्पामा सुरु भयो सवारी सधानमा स्थानीय कर

सुकमाया थापा
डोल्पा–यहाँको ठुलीभेरी नगरपालिकाले दुनै – जुफाल र सुपानी चल्ने यातायातका साधनमा कर लगाएको छ ।

ठुली भेरी नगरपालिकाको कार्यालयपालिकाको निर्णय अनुसार बुधवारबाट दुनै–जुफाल र सुंपानीसम्म चल्ने जीपबाट स्थानीय कर संकलन गर्न लागिएको हो । प्रति जीपको रु २ सयका दरले कर लगाइ काम संकलन कार्य सुरु गरिएको छ । ट्याक्टर लाई रु ३ सय र जीपलाई रु २ सय कर उठाउने निर्णय भए संगै बुधबार देखि यातायातमा स्थानीय सरकारको कर उठाउन सुरु भएको वडा सचिव धर्मबहादुर शाहीले बताउनुभयो ।
स्थानीय तहमा गत असारमा यातायातका साधनमा कर उठाउने निर्णय भएको लामो समय बित्तेपनि बुधबार बाट कर संकलन गर्न लागिएको उहाँले बताउनुभयो । नेपाल सरकारले क्रमागत योजनाका रुपमा यो वर्षबाट कार्यान्वयन गरेको सदरमुकाम दुनै बचाउ योजनाको २५ करोडको ठेक्का भई काम सुरु भएर ढुङ्गा सार्न थालिए पछि ट्याक्टरहरुबाट कर उठाउन थालिएको हो ।
प्रति पटक रु ३ सय तिर्नुपर्दा आफुहरु मर्कामा परेको भन्दै यातायात व्यवसायीले आक्रोस व्यक्त गरेका छन् । यत्ता नगरपालिकाले प्रहरीको सहयोग लिएर कर संकलन सुरु गरेको छ ।





error: Content is protected !!