कुटपिटबाट घाईते बुढाको दुनै अस्पतालमा उपचार

सुकमाया थापा
डोल्पा ः यहाँको त्रिपुरासुन्दरी नगरपालिका – ११ मुहु का अस्मितबहादुर बुढा कुटिएका छन् । नगरपालिकाको –११ स्थित बलाङ्ग्रा लेकमा मंगलवार दिउंसो घरबाट माध्यमिक शिक्षा परिक्षाको तयारी कक्षा पढ्न काइगाँउ जाने क्रम्मा बुढामाथी आक्रमण भएको हो ।
आक्रमणमा परेका बुढाको साथमा रहेको २० हजार नगद, मोवाइल र हातमा लगाएको बाला लुटिएको उहाँको भनाई छ ।
आक्रमणमा परी घाईते भएका बुढाको दुनै स्थित अस्पतालमा उपचार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख अवदेष बिष्टले बताउनुभयो ।







