राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ ः प्रम ओली

 

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त संसदीय दल सङ्घीय संसद् र राष्ट्रिय सभा०को बैठकमा उहाँले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभयो । “२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन,” उहाँले भन्नुभयो, “२०६२÷६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।”

प्रधानमन्त्री ओलीले आजदेखि शुरु संसद्को अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसद्मा पेश गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । “विधेयकहरु पारित भएपछि कानूनको रुपमा आउँछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम कारवाहीका बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिनुभएको छ । “सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस्,” उहाँले भन्नुभयो, “मन्त्रीहरुले पनि सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस् ।”




सम्बन्धित समाचार


error: Content is protected !!