अल कायदाले युरोपका विमानमा आक्रमण गर्ने योजना बनाइरहेको छ’

एजेन्सी । ‘पुनरुथान’ भइरहेको आतंकवादी संगठन अल कायदाले युरोपका यात्रुवाहक विमानमा हमला गर्ने तयारी गरिरहेको संयुक्त राज्यका सुरक्षा मन्त्री बेन वालेसले चेतावनी दिएका छन् ।

बेलायती पत्रिका द सन्डे टाइम्ससँगको अन्तरवार्तामा वालेसले सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा आक्रमण गरी ३ हजार जनाको ज्यान लिने अल कायदाले वायु यानलक्षित आक्रमण गर्ने लक्ष्य बनाएको र विमानहरुलाई खसाल्ने प्रविधि विकास गरिरहेको दाबी गरे ।

‘हवाई क्षेत्रमा सुरक्षा चुनौती ठूलो छ,’ वालेसले भने, ‘अल कायदा पुनः संगठित बनेको छ । युरोपबिरुद्ध अझै बढी योजना बुनिरहेका छन्, नयाँ तरिकाको साथ ।’

आइएसआइएसको उदयसँगै अल कायदाको चुनौती पछिल्लो समय ओझेलमा परेको छ, विशेष गरेर सन् २०११ मा पाकिस्तानमा अमेरिकी सैनिकद्वारा ओसामा बिन लादेनको निधन पछि ।

 

तर, वालेस भने अल कायदाको खतरा कहिले पनि कम नभएको बताउँछन् ।

‘आइएसआइएस पछिल्लो समय आतंकवादी ‘ब्वाई ब्यान्ड’ बनिरहँदा अलकायदा एक कुनामा बसेर २१ औँ शताब्दीको अध्ययन गरिरहेको थियो,’ उनले भने, ‘उनीहरु हराएका छैनन् ।’

त्यस्तै, सिरियाबाट अमेरिकी सैनिक हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय प्रति पनि धेरै प्रश्न उठाएका छन् । अब सिरिया पश्चिामाबिरुद्ध आक्रमण गर्ने आतंकवादीका लागि सुरक्षित स्थान बन्ने उनीहरुको तर्क छ ।




सम्बन्धित समाचार


error: Content is protected !!