भारतद्वारा ‘अग्नि–४’ को परीक्षण

एजेन्सी, भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ। भारतीय सेनाले आइतबार क्षेप्यास्त्र परीक्षण गरेको हो। अग्नि–४ नाम दिइएको सो क्षेप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको जानकारी दिइएको छ। क्षेप्यास्त्र परीक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरूले बताएका छन्। अग्नि–४ क्षेप्यास्त्रको यो सातौँ परीक्षण हो। आफ्नो उद्देश्यमा सफल हुने पुष्टि भएकाले यसको परीक्षण पूर्णरूपमा सफल भएको जानकारी दिइएको छ। भारतले यसअघि अग्नि–१, अग्नि–२, अग्नि—३ र पृथ्वी परीक्षण गरिसकेको छ।










