रक्तस्राव नरोकिएपछि जहाज चार्टर गरेर नेपालगन्ज

जाजरकोट ः रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी
नगरपालिका ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज लिईएको छ ।
चार दिन अघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म दिएकी भेरी नगरपालिका ३ की प्रतिभा थापाको रक्तस्राव नरोकिएपछि तारा एयरलाईन्सको जहाज मार्फत रुकुमको चौरजहारीबाट आज बिहान नेपालगन्ज लिईएको उनका श्रीमान् पदम थापाले जानकारी दिए । अहिले प्रतिभाको उपचार जारी रहेको उनले बताए । रु २ लाख तिरेर जहाज चार्टर गरिएको थियो ।
बिहिबार मात्र जाजरकोट ल्याईएकी प्रतिभाको राती देखि रक्तस्राब सुरु भएको थियो ।
स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि ज्यान बचाउन जहाज चर्टर गर्नुपरेको थापाले बताए ।
५० शैयाको जाजरकोट अस्पताल भएपनि बिशेषज्ञ चिकित्सक र उपकरणको अभावमा सधै यहाँका स्थानीबासीहरु महंगो शुल्क तिरेर नेपालगन्ज , काठमाण्डौंमा उपचारका लागि आउँन वाध्य भएका छन् ।










