सुचना, प्राविधिसंग जनता जोड्दै भेरी नगरपालिका

जाजरकोट ,  यहाँको भेरी नगरपालिकाले जनतालाई छिटो, छरितो सुचना दिन र गुनासो सम्वोधन गर्न मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । त्यस्तै सवै वडामा एकीकृत कर प्रणालीको काम सफ्टवेयर गर्न थालेको छ । अहिले यहाँका स्थानीयबासीहरु नगरपालिकाको गतिविधीहरु एप्स मार्फत हेर्न थालेका छन् ।
महिला तथा बालबालिका कार्यालय खारेज संगै अपाङ्गता परिचयपत्र वितरण रोकिएमा भेरी नगरपालिकाले अपाङ्गता परिचयपत्र वितरण कार्यविधी २०७५ तयारी बनाई कार्यापालिकाको वैठकबाट पास हुनमात्र बाँकी रहेको नगरप्रमुख चन्द्रप्रकास घर्तीले जानकारी दिनुभयो । उहाँले परिचय पत्र कसरी पाउने होला भनेर भेरी नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरुले चिन्ता गर्नु पर्ने अबस्थाको अन्त्य भएको बताउनुभयो ।
योजना शाखावाट छनौट भई वजेट विनियोजन भएका ४६ वटा पूर्वाधार योजनाहरु मध्ये सबै प्रक्रिया पुरा गरि आर्थिक बर्षको पहिलो चौमासिकमै २२ वटा योजनाको सम्झौता भई कार्यन्वयनको चरणमा गएको नगर प्रमुख घर्तीले जानकारी दिनुभयो । आर्थिक बर्षको अन्तिम महिना असारमा गरिने विकास निर्माणका कामलाई आफुले मान्यता नदिने योजनमा लागेको घर्तीको भनाई छ ।
त्यस्तै नगर प्रहरी ऐन २०७५ तयार भएको र त्यसलाई पास गर्न बाँकी छ, घर्तीले भन्नुभयो , नगर प्रहरी ऐन पास भएको भोलिपल्ट देखि नै हामी नगर प्रहरी भर्ना तथा परिचालन गर्नेतर्फ लाग्नेछौं, त्यसको लागि हामीले वजेटको पनि व्यवस्था गरिसकेका छौं घर्तीले जानकारी दिनुभयो ।




सम्बन्धित समाचार


error: Content is protected !!