रुखबाट लडेर सिंहको मृत्यू

जाजरकोट, १ पुस ः ओखरको रुखको हाँगा काट्दै गर्दा लडेर आईतबार बारेकोट गाउँपालिका – ७ का ३८ वर्षीय धनबहादुर सिंह मृत्यू भएको छ ।
सुबाकोटमा रहेको स्थानीय विद्यालयको काठ बनाउनका लागि ओखरको रुखको हाँगा काट्दा लडेर मृत्यू भएको स्थानीयबासी गणेस सिंहले जानकारी दिनुभयो ।
ज्याला , मजदुरी घरेर परिबार पाल्दै आएका सिंहको मृत्यू पछि परिबार समस्यामा परेको छ ।










