एसइई परीक्षार्थी गौरीकला हत्याकाण्ड : तीन जनालाई जन्मकैद

सुर्खेत,सुर्खेतकी एसइई प्ररीक्षार्थी गौरीकला रोकायको हत्या अभियुक्त तीन जनालाई जिल्ला अदालत सुर्खेतले जन्मकैदको सजाए सुनाएको छ। जिल्ला अदालत सुर्खेतका न्यायाधीश ध्रुवकुमार शाहीको एकल इजलासले जन्मकैदको फैसला सुनाएको हो। गत चैतमा एसइई परीक्षार्थी रोकायको सुर्खेतको पञ्चपुरीमा बलात्कारपछि हत्या भएको थियो। गौरीकलाको बलात्कारपछि हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै लक्ष्मी बास्तोला, खुमप्रसाद बास्तोला र हरिप्रसाद कोइरालालाई जन्मकैदको सजाय सुनाइएको सुर्खेत अदालतका रजिष्ट्रार भुपाल भण्डारीले जानकारी दिए। जन्मकैदको सजाय पाउनेहरूमा लक्ष्मी बास्तोला र खुम बास्तोला दुई दाजुभाइ हुन भने कोइराला ट्राफिक प्रहरी हुन्। सुर्खेतको पञ्चपुरीमा एसइई दिइरहेको अवस्थामा २०७४ चैत्र १३ गते गौरीकलाको बलात्कारपछि हत्या भएको थियो भने तीन जनाविरुद्ध २०७५ बैशाख ९ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो। दोषी पाइएपछि तीनै जनालाई २० वर्ष कैद र मृतकका हकवालाले एकलाख रुपैयाँ क्षतिपूर्ति भराई लिन पाउने गरी फैसला भएको जिल्ला अदालत सुर्खेतका रजिष्ट्रार भण्डारीले जानकारी दिए। उनीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको दफा १ र १३ को उपदफा ३ बमोजिम कसुर पुष्टि हुन आएकाले सो महलक बमोज जन्मकैदको सजाय सुनाइएको हो। साथै मुलुकी ऐन जवरजस्ती करणाी महलको दफा १ र ३ नम्बरको कसुरमा दफा ३९४० को उपदफा ३ुकु अनुसार ७ वर्ष कैद र थप ५ वर्ष सजाय अदालतले तोकेको छ। साथै सोही महलको दफा १० अनुसार मृतकका हकवालावाई एकलाख रुपैयाँ क्षतिपूर्ति भरपाई लिने गरी अदालतद्वारा फैसला भएको हो। थाहा साभार










