संगीत सुनेर कोमाबाट फर्किइन् २१ वर्षे संगिता

एजेन्सी
संगीतको शक्तिबारे तपाईंले पहिले पनि सुन्नुभएको होला । तपाईंले संगीतको धुनमा बत्ती बलेको, पानी परेको कहानी फिल्ममा देख्नुभएको पनि होला । बिरामीले भोयलिन वा गिटार बजाइरहँदा शल्यक्रिया गरिएको घटनाबारे पढेका पनि छौं तर भारतको कोलकाताको यो कहानी अलि फरक छ ।

संगीतले कसैको रोगलाई निको पारेको सायदै यसअघि सुन्नुभएको थिएन होला तर कोलकातामा यस्तै भएको छ । सेठ सुखलाल करनानी मेमोरियल मेडिकल कलेज एण्ड अस्पताल ९एसएसकेएम० मा भर्ना भएकी एक युवतीथुप्रै दिनदेखि कोमामा थिइन् । उनको म्युजिक थेरापीमार्फत उपचार गराइएको छ ।

संगीत सुनेर जुन महिला कोमाबाट बाहिरिइन् उनको नाम पनि संगिता हो । २१ वर्षीया संगिता दासलाई डाक्टरले भोयलिन वादक एन राजमको दरबारी कनाडा संगीत ९भोयलिन० दिनमा तीनपटक सुनाउन परिवारलाई सल्लाह दिए । संगिताको परिवारले संगीत सुनेर उनी कोमाबाट फर्किएकामा आफूहरु निकै खुसी भएको बताएका छन् ।

 

 

पद्म पुरस्कारबाट सम्मानित दिग्गज भोयलिन वादक राजमलाई जब यसबारे थाहा भयो उनी निकै चकित भइन् । राजमले आफ्नो खुसी व्यक्त गर्दै भनिन्, ‘मैले धेरै नै पैसा कमाएकी छु, थुप्रै अवार्ड पनि जितेकी छु तर मैले बजाएको भोयलिनको संगीतले कसैको जीवन फिर्ता आउला भनेर कहिले पनि सोचेकी थिइनँ । म आफ्नो भावना शब्दमा बयान गर्न सक्दिनँ ।’

उनले संगीतालाई शीघ्र स्वास्थ्य लाभको कामना गरिन् । उनले भनिन्, ‘संगिता स्वस्थ भएपछि म उनलाई भेट्नेछु र ती डाक्टरलाई पनि भेट्नेछु जसले बिरामीको परिवारलाई यस्तो सल्लाह दिए ।’

संगितालाई म्युजिक थेरापीको सल्लाह दिने डाक्टर संदीप कुमार आफैं पनि एक भोयलिन बादक हुन् । संदीप एसएमकेएम अस्पतालमा कार्डियक ऐनिस्थिसिया विशेषज्ञ हुन् ।





error: Content is protected !!