दैलेखमा एम्बुलेन्स दुर्घटना, एक जनाको मृत्यु

कालिकोट,
जिल्ला अस्पलात कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दैलेखको गुरासेँ गाउँपालिका–४ लाठेमा दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुधबार कालिकोटबाट सुर्खेतमा बिरामी पुर्याएर जिल्लामा फिर्ता हुदैँ गरेको एम्बुलेन्स दैलेखमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा खाँडाचक्र नगरपालिका २ का शैलेश बिष्टको रहेका छन् । एम्बुलेन्स चालक भने सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख बिनोद शर्माले बताए । ‘सुर्खेतमा बिरामी पुर्याएर आएको एम्बुलेन्स दुर्घटनामा परेको हो ।








