प्रदेश स्तरिय भलिबलको लागि जिल्ला छनोट खेल आजबाट सुरु

सुकमाया थापा
डोल्पा ः प्रदेश स्तरिय भलिबलको लागि जिल्ला छनोट खेल आजबाट सुरु भएको छ । जिल्ला खेलकुद बिकास समिति डोल्पाको आयोजनामा (स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद )भन्ने मुल नाराका साथ ८ औँ राष्टिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट प्रतियोगिता आज बाट सुरु भ्एको छ ।
गमलामा पानी हालेर, ब्यानर पढेर जिल्ला समन्वय समिति डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले सो खेलका उद्घाटन गर्नु भएको थियो । महिला र पुरुष गरेर जम्मा १२ वटा टिम दर्ता भएको जिल्ला खेलकुद बिकास समिति डोल्पाले जानकारी दिएको छ ।
दर्ता भएका टिमहरुलाइ ग्रुप ए,बि,सि,र डि मा बिभाजन गरीएको छ । ग्रुप एमा जेवाइसि क्लब जुफाल,कर्णाली खेलकुद तथा शान्ति बिकास समाज लोचा,साइकुमारी युथ क्लब माजफाल, ग्रुप बिमा निजामति कर्मचारी, जगदुल्ला गाउँपालिका,जन एकता युथ क्लब फुल्चिङ,ग्रुप सिमा सेभेन स्टार थाला, डाँगी युथ क्लब डाँगिबाडा,अल्टिमेट रहेका छन र डिमा नेपाल प्रहरी, कालीका टिम, ताली तिमहरु र महिला ३ टिम गरी जम्मा १२ टिमले राष्टिय खेलकुद प्रतियोगिताका लागि जिल्ला छनोट प्रतियोगितामा टिम दर्ता गराएको जिल्ला खेलकुद बिकास समिति डोल्पाका अध्यक्ष लंकबहादुर रोकायाले जानकारी दिनु भएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्टका लागि खेलकुद भन्ने मुल नाराका साथ डोल्पा जिल्लामा भएका खेल प्रतिको बृद्धि बिकास गर्ने र खेल को स्तर उन्नति गर्ने मुख्य उदेश्यले राम्रा खेलाडी उत्पादन गर्नको लागि जिल्ला छनोट खेल हुन लागेको अध्यक्ष रोकायले बाताएका छन ।








