खाद्यको चामल , मुसाको आहारा

सञ्जय के सी
जाजरकोट, २५ मङ्सिर ः नेपाल खाद्य संस्थानका डिपोहरुमा आफ्नै भवन नहुँदा खाद्यान्न राख्न समस्य भएको छ । डिपोमा चामल राख्नका लागि राम्रो ठाउँ नहुँदा चामलका बोराहरु मुसाले आहारा भएको छ । थोत्रो भवनमा चामल राख्दा मुसाले काट्दा समस्या उत्पन्न भएको हो ।
डिपोमा चामल राख्नका लागि संस्थानको आफ्नै भवन नहुँदा दैनिक समस्या हुँदै आएको छ । अहिले मौजदात रहेको चामल राख्नका लागि स्टोरको अभावमा समस्या भएको छ । सानो कच्ची ÷ ठाउँ ,ठाउँमा भत्किएको एक कोठामा चामल राख्दा दैनिक मुसाले चामलको बोरी काट्दा हैरान भएको डिपो प्रमुख रुद्र देवकोटाले जानकारी दिए ।
संस्थानको आफ्नै भवन नहुँदा तत्कालिन नायकवाडा गाविसले उपलव्ध गराएको व्यक्तिको जग्गामा निर्माण भएको सानो घरमा अहिले चामल राख्दै आएको जाजरकोट खाद्य संस्थानका प्रमुख धर्मवहादुर बस्नेतले जानकारी दिनुभयो । वर्षायाममा सो भवनमा राखिएको चामल भिजेर समस्या निम्तिएको थियो भने अहिले मुसाले चामल राखेको बोरा काट्दा नोक्सान भएको देवकोटको भनाई छ ।
अधिकांश चामलका बोराहरु मुसाले काटेर ठुलो क्षति भएको देवकोटाले बताउनुभयो । संस्थानको आफ्नै भवन नहुँदा दैनिक कर्मचारीलाई चामल विक्री गर्न तथा बस्न समेत समस्या भएको छ । बारेकोट गाउँपालिकाको २५ हजार जनसंख्यलाई ध्यानमा राखी नायकवाडाको घाटबाट खाद्यान्न वितरण हुँदै आएको छ ।
जिल्लाको नलगाड नगरपालिका कालीमटी, दशेरा , छेडागाउँ नगरपालिका – ८ घोगी , बारेकोट गाउँपालिका – ५ मा भवन नहुँदा समस्या भएको संस्थानका प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए। भवनको अभावमा डिपोमा राखिएको चामल मुसाले काट्ने, ढुसी लाग्ने समस्याले गर्दा हैरान भएको उनको भनाई छ ।
चामल विक्री वितरण गर्नका लागि ठाउँको अभाव हुँने गरेको उनले जानकारी दिए । चामल लिनका लागि स्थानीयवासीको भीड लागेको समयमा बिक्री वितरण गर्नका लागि ठाउँको अभावमा हैरानी पर्ने गरेको छ । भवन निर्माणका लागि पटक , पटक केन्द्रीय कार्यालय , क्षेत्रिय कार्यालयमा जानकारी गराउँदा समेत कसैले ध्यान नदिएको संस्थानको जाजरकोट कार्यालयले बताएको छ ।
सडक सञ्जाल संग नजोडिएका बारेकोट, पजारु लगाएतका ठाउँमा खच्च्डद्घारा खाद्यान्न ढुवानी गरिन्छ भने अन्य ठाउँमा हिउँदको समयमा कालीमटी, चौखा , घरङ्गामा यातायातका साधन मार्फत ढुवानी गरिदै आएको छ । भवण निर्माणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीयवासीहरुको भनाई छ ।





error: Content is protected !!