भर्‍याङबाट लडेर युवकको ज्यान गयो

सल्यान,
भर्‍याङबाट लडेर सल्यानमा एक युवकको ज्यान गएको छ । जाजरकोट भेरिगंगा नगरपालिका वडा नं। ११ घर भई हाल सल्यान त्रिवेणी गाउँपालिका–३ लुहाम बजारमा बस्दै आएका २७ वर्षीय शक्तिबहादुर विकको आइतबार भर्‍याङबाट लडेर ज्यान गएको हो ।

सल्यानमा लेबर काम गर्दै आएका विकको शनिबार राती १२ बजेतिर शौचायल जाने क्रममा भर्‍याङबाट लडेर गम्भीर घाइते भएका बिकको स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारकोे लागि जिल्ला अस्पताल सल्यान पुर्याउँदै गर्दा निधन भएको हो ।

विकको जिल्ला अस्पतालमा आज पोष्टमार्टम गरेपछि परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी उपरीक्षक गिरीराज भण्डारीले बताए ।





error: Content is protected !!