नेकपाका चार नेताले किन गरे सचिवालय बैठक बहिस्कार ?

काठमाडौ । शनिबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा को सचिवालय बैठक चार नेताले बहिस्कार गरेका छन् । दिउँसो ३ बजेको लागि बैठक बोलाइएको थियो ।
निर्धारित समयमा बैठक बस्नका लागि पुगे पनि प्रधानमन्त्री नआएपछि नेकपा नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेब गौतम बाहिरिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई अपमानित गरेको महसुस गरेर बैठक छाडेर निस्किएको चार शीर्ष नेताको भनाई थियो ।
शुक्रबार पनि बैठक बस्ने कुरा थियो प्रधानमन्त्रीको व्यस्ततका कारण शनिबारको लागि सारिएको थियो । शनिवार पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली समयमा नआएपछि चार नेता उठेर हिँडेका थिए ।
प्रधानमन्त्री ओली समयलाई बेवास्ता गर्ने नेताका रुपमा परिचित छन् । हरेक कार्यक्रममा आफुले दिएको भन्दा डेढ, दुई घण्टा ढिला पुग्ने कारण उनको समयका विषयमा नेकपा नेताहरुले नै टिप्पणी गर्ने गरेका छन् ।
त्यसो त समयमा बैठकमा सुरु नभएको भन्दै अघिल्ला बैठकमा पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले आपत्ति जनाउने गरेका थिए । प्रवत्ता श्रेष्ठले आपत्ती जनाएपछि समयमै बैठक सञ्चालन गर्ने समहति भएको थियो ।
‘बैठक सुरु नभए १५ मिनेट कुर्ने नभए जानकारी गराउने सहमति थियो तर प्रधानमन्त्रीबाट कुनै जानकारी नआएपछि हामी बाहिरियौं,’ नेता श्रेष्ठको भनाई थियो ।








