अवैध गर्भपतनको घट्नालाई एक पटकलाईभन्दै माफि

सुकमाया थापा
डोल्पा ः डोल्पाको सदरमुकाम स्थित राजा चोकमा रहेको दिबजोती मेडिकलले अवैध रुपमा दिएको गर्भपतनको औषिधिले गर्भपतन गराउदा किशोरीको ज्यान जोखिममा परेको घट्नालार्इ एक पटकलाई भन्दै जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको बैठकले अनौपचारिक रुपमा माफि दिइएको छ ।
आफ्ना २ सन्तान भैसकेकाले अचानक रहेको गर्भलाई पतन गराउनका लागि काइके गाउंपालिका बैजीवाराकी सन्जेन९नाम परिवर्तन०ले दुनै बजारको एक मेडिकल बाट रु। ३ हजारमा औषधि किनेर खाएको र त्यसले अधिक रक्तश्राव हुनुका साथै बच्चा पनि पुरै नझरेकाले गम्भिर विरामी अवस्थामा अस्पताल आए पछि यो अवैध गर्भपतनको घट्न वाहिर आएको थियो ।
गर्भपतनको अवैध औषधि विक्रि गर्नेलाई कारवाही गर्नु पर्नेमा एक चोटी भन्दै माफी दिने कार्यले १६ दिने महिला हिंसा विरुद्धको अभियानको खिल्ली उडेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पामै बसेको बैठकमै औषधि विक्रेता मेडिकलका भिम डिसीले मौखिक रुपमा माफि मागेका थिए ।माफि मागेकाले उनलाई माफि दिने र पीडित महिलालाई लागेको औषधि उपचारखर्च व्यहोर्ने निर्णय लिखित नभएर अनौपचारिक गरिएको बैठक पछि नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले बताए ।
जिल्ला अस्पताल डोल्पाकाडा।हिमविक्रम शाहीका अनुसार डोल्पाको सदरमुकाम दुनैमै १२ हप्ता भन्दा बढिको गर्भ पतन गराउन खोज्नु, गर्भवति महिलाको उपयुक्त जांच नगरी औषधि बेच्नु, बेच्नै नपाउने औषधि बेच्नु, तोकिएको मुल्य भन्दा निकै महंगोमा औषधि वित्रि mगर्ने गर्नु, डाक्टरले खेलेको प्रेस किप्सन भन्दा फरक औषधि बेच्नुले मेडिकल वालाहरुले नागरिकहरुको स्वास्थ्य माथि निकै खेलवाड गर्ने गरेका छन् । यसको उचित छानवीन र अनुगमन गरी यस्तो कार्य गर्नेलाई कानुनतःकारवही गरिनु पर्छ ।
सदरमुकाम दुनै बजारमै यस्तो प्रकारको वेथिति रहेको अवस्थामा जुफाल, त्रिपुराकोट, तल्लो डोल्पाका गाउंपालिकाहरु, माथिल्लो डोल्पाका विभिन्न गाउंघरहरुमा रोग र ती रोगको उपचार सम्बन्धीकुनै अनुमानै नभएका नागरिकहरुको अवस्थाकस्तो होलारु नागरिक समाज डोल्पाका अध्यक्ष शेरबहादुर बुढाले प्रश्न उठाए ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय डोल्पामा बसेको बैठकमा ठुलीभेरी नगरपालिका वडा नं। ३ का वडा अध्यक्षअर्णबहादुर न्यौपानेले जिल्लाका सम्पूर्ण मेडिकलहरुको तत्कालअनुगमन गरी अवैध औषधि राख्ने र महंगोमा बेच्नेलाई सोत कारवाही गर्नु पर्ने बताएका छन् ।
बैठकमा नागरिक समाज डोल्पाकाअध्यक्ष शेरबहादुर बुढा, अन्तरपार्टी महिला सञ्जाल डोल्पाकी अध्यक्ष विष्णु रोकाया,ठुलीभेरी नगरपालिका वडा नं। १ का वडा अध्यक्ष बागबहादुर महतारा, वडा नं। ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने, विभिन्न संचार माध्यमका संचारकर्मी लगायतले मेडिकलहरुलाई नियमनगर्नु पर्ने गल्तिगर्नेलाई कारवाहीगर्नु पर्ने बताएका थिए ।
जे होस् डोल्पालीहरु क्षमाशील छन् ।सर्वसाधारण नागरिकहरुको ज्यान सम्म जोखिममा पर्दा समेत एक पटक एक पटक भन्दै क्षमादिन सक्छन् । अन्य जिल्लामा भएको भए यो घट्नाले समाजमा आगो दन्कन्थ्यो होला । नागरिक समाज, महिला अधिकार कर्मीहरु, अन्तरपार्टी महिला सञ्जाललाई थामी सक्नु हुने थिएनहोला । डोल्पालीहरुको जस्तो क्षमाशील चेतना कहां पाइन्छ र एक सहभागिले गुनासो गरेका छन ।





error: Content is protected !!