पश्चिम नेपालमा रक्त संकलन केन्द्र स्थापना

जुम्ला,
पश्चिम नेपालको ठुलो मानिदै आएको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त संकलन केन्द्र९बल्ड बैंक० स्थापना गरिएको छ । कर्णाली प्रदेशमा रगतको अभाव हुने भएपछि प्रतिष्ठानले सक्त संकलन केन्द्र स्थापना गरेको हो ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेका अनुसार रक्त संकलन केन्द्र स्थापना गरी रगत संकलन अभियान सुरु गरिएको छ । उनले भने, ‘९० प्याकेट रगत राख्ने गरी केन्द्र स्थापना गरिएको छ ।’

रगत संकलन अभियान अघि बढाउन संघसस्था, विद्यार्थी, महिला तथा आमा समूह, रेडक्रस लगायत विभिन्न संस्थामा कार्यरत व्यक्तिलाई आग्रह गरिएको छ । रगत संकलन गर्न शिविर तथा अभियानमा प्रतिष्ठानले मेडिकल टोली पठाइदिने व्यवस्था गरिएको रजिष्ट्रार काफ्लेले बताए ।

रक्त संकलन केन्द्र स्थापना गर्न एक करोड ३६ लाख लागत लागेको छ । आगामी दिनमा सिटिस्क्यान र अक्सिजन भण्डार गर्न प्रविधि प्रतिष्ठानमा नै व्यवस्थापन गर्ने तयारी गरिएको छ ।





error: Content is protected !!