दैलेखमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, एकको अवस्था गम्भीर

दैलेख,
दैलेखको महावु गाउँपालिका ४ गैडावाज बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गगन पाण्डेको ट्याक्टर मालिक रहेका छन् । दुर्घटनामा चालक झलक हमाल गम्भीर घाइते भएका छन् ।
घाइतेको उपचारका लागि दैलेख सदरमुकाम दैलेख बजार ल्याईदै छ । बिहीबार साँझ ९ः४५ बजे ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
दैलेख बजारबाट खानेपानीको सामान बोकेर जाँदै गरेको ट्याक्टर घुम्तीमा मोडाउन खोज्दा नकटेपछि सडकबाट ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिएका छन् ।








