तलब नपाएको भन्दै शिक्षकहरु पेन डाउन गरेर वस्दा विद्यार्थीको पढाई प्रभावित

इन्द्र बुढाथोकी
सल्यान,पश्चिम सल्यानको बनगाड कुपिण्डेमा तलव खान नपाए पछि शिक्षकहरु आन्दोलनमा होमिएका छन् । आन्दोलनको आज तेस्रो दिन विद्यालयमा शिक्षकले पेन डाउन गरेका छन् । नगरका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयोगि गरि ३ सय ४२ जनाले पेन डाउन गरेर वसेपछि आज नगरका ६५ विद्यालयका ८ हजार ५ सय विद्यार्थीहरुको घर फर्केका छन् । शिक्षक पेनडाउन गरेर आन्दोलीत भए पछि विद्यार्थी विद्यालयमा छरपस्ट देखिन्थे । ११ र १२ गते हाथमा कालो पट्टि वाँधेर कक्षा कोठामा शिक्षण क्रियाकलापमा संलग्न भएता पनि आज १३ गते देखि विद्यार्थीहरुलाई तलव खान नपाए पछि पेन डाउनको कार्यक्रम भएको विद्यार्थीलाई जानकारी गराएर दिनभर घामतापिरहेका थिए ।

विद्यालयको पठन पाठन देखि प्रशासनिक कार्य समेत आज हुन सकेना । बनगाड कुपिण्डे नगरपालिकामा हाल सम्म नगर सभा नहुदाँ शिक्षक कर्मचारीले तलव खान पाएका छैनन् । नगरका अन्य निजामति कर्मचारी वाहेक शिक्षण क्षेत्रका सवै शिक्षक कर्मचारी जनप्रतिनिधीको विरुद्ध तलव खान नपाए पछि आन्दोलनमा उत्रेका छन् । कृषि, भेटनरी, पशु, स्वास्थ्य, वडा र नगरका १ सय २ कर्मचारीहरु भने आन्दोलनमा उत्रेका छैनन् । शिक्षक कर्मचारीको आन्दोलनलाई मौन समर्थन गरेका छन् । शिक्षकहरुले अझै पनि तलव निकासा नभए मंसिर १६ गते देखि अनिश्चतकालिन हड्तालमा उत्रने चेतावाणि दिएका छन् । यता यो समाचार तयार पार्दा सम्म बुधबार दुई दिन देखि नगरपालिकामा नगर कार्यपालिकाको बैठक बसेर पनि कुनै सहमति हुना सकेको छैन र सहमति पनि छेन हुँदै गएको एक कार्यपालिका सदस्यले नाम नभने सर्तमा जानकारी दिएका छन ।





error: Content is protected !!