शिवालयमा पनि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइदै

जाजरकोट, हरेक बर्ष अंग्रेजी महिना नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जाजरकोटको शिवालय गाउँपालिकामा पनि मनाइएको छ ।
आइतबारदेखि सुरुभएको अभियान अन्तर्गत गाउँपालिकामा विभिन्न संघ संस्था र गाउँपालिकाको सहकार्यमा विभिन्न कार्यक्रम गरिने भएको हो । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ (साझा आवाज परियोजना ), सुआहारा र पहलको आयोजना तथा शिवालय गाँउपालिकाको समन्वयमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरिएको छ । ‘‘लैङ्गिक हिंसा र दुव्र्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने मूल नाराका साथ सुरु भएको अभियानको अवसरमा लैङ्गिक हिंसा विरुद्धका गीत, नाच र सडक नाटक, ¥याली लगायतका कार्यक्रमहरुको आयोजना गरिएको साझा आवाज कार्यक्रममा जिल्ला संयोजक धनमल बि.क.ले जानकारी दिए । अभियानमा वडा स्तरका महिला संजालका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, स्वास्थ्य स्वयमसेविका र शिवालय गाँउपालिका मानव अधिकार पैरवी संजालका प्रतिनिधिहरु सहभागिता रहेको छ । पहिलो दिन सिमाको सरस्वती उच्च मा.वि वाट व्यानर, प्ले कार्डका साथ सुरु भएको जुलुस शिवालय गाँउपालिकामा गएर कोण सभामा परिणत भएको थियो ।
उतm कार्यक्रमको उद्घाटनमा गाउँपालिकाका अध्यक्ष नरेन्दकुमार शाहीले कुनै पनि व्यतिm ,जात ,धर्म र लिङ्गका आधारमा विभेद गरिनु अमानविय कार्य भएको भन्दै लैङ्गिक हिंसा र घरेलु हिंसा अन्त्य गर्नेका लागि शिवालय गाँउपालिका सधैं तत्पर रहेको बताए । कार्यक्रममा मानव अधिकार पैरवी संजालका अध्यक्ष गोपाल परियार, पश्चिम जाजरकोटका प्रबन्धक राम प्रसाद रेग्मी, पहल का कार्यक्र संयोजक महेन्द जंग शाही, सरस्वती उच्च मा.वि.का प्राध्यापक निम बहादुर खत्री, शिवालय गाँउपालिका स्वास्थ्य इन्चार्ज दुर्गा शाही लगायतले लैङ्गिक हिंसा विरुद्धको अभियानमा आफ्नो प्रतिवद्धता सहित मन्तव्य राखेका थिए ।








