कसैलाई खाली हात नफर्काउने कलेज’

काठमाण्डौ ः अमिशा न्यौपाने के एण्ड के कलेज टपर सामाजिक कार्य
सामाजिक कार्य कसैको दवाब, देखासिकी र क्षणिक लोकप्रियता पछाडी लागेर मात्र हुँदैन । यसमा त्याग, समर्पण अनि अन्तरआत्माबाट जागृत विचारलाई समाजको हितमा लागू गर्न सक्नुपर्छ । तपाइँ हामीले बुझेको सामाजिक कार्य यही नै हो ।

शब्द यही हुन के एण्ड के कलेज सामाजिक कार्य सोसियल वर्क विभागको । उत्तउला र भड्किला भवन छैनन् कलेजका । तर, बिए बिएसडब्लू कार्यक्रमको नतिजा र सन्तुष्ट विद्यार्थी हेर्दा लाग्छ पढ्नको लागि अभिभावक तथा विद्यार्थीहरु किन अरुतिर भौँतारिन्छन भनेर । अहिलेसम्मकै उत्कृष्ट नतिजा ल्याउन सफल बनेको छ कलेज स्थापनादेखि अहिलेसम्म ।

“सामाजिक कार्य गर्न र जश पाउन त्यति सजिलो पनि छैन किनकी हाम्रो समाजमा राम्रो गर्ने जो कोहीको पनि खुट्टा तान्ने प्रबृत्ति निहित छ खाली स्वार्थ र व्यक्तिगत फाईदाको पछाडी मात्रै दौडने परम्परा बसेको हाम्रो परिवेश बदल्न त्यति सहज छैन तर असम्भव पनि छैन किनकी यो समाजलाई बदल्न खट्नु पर्दछ । मेहनतनै विद्यार्थीको लगानी भएकोले यदी मेहनत गर्दा भोलीको अब्बल भविश्य प्राप्तिमा कुनै शंका नगरे हुन्छ ।”

यो भनाई नयाँ बानेश्वरमा अवस्थित के एण्ड के इन्टरनेशनल कलेजकी सामाजिक कार्य सोसियल वर्क, बिएबिएसडब्लू मा यस वर्ष कलेज प्रथम भएकी अमिशा न्यौपानेको हो । उनले स्नातकमा ७९।७६ अंक ल्याएर कलेज टपर भइन् । तेस्रो वर्षमा हकमा भने उनी त्रिभुवन विश्वविद्यालयकै प्रथम हुन पुगिन् ।

न्यौपाने भन्छिन्, “सोच सकरात्मक हुनुपर्दछ अनि एक अर्कामा एकताको भावना जागृत गर्नुपर्दछ र समाजको हितको लागि उपयुक्त विषयहरुमा एकमत हुनुपर्दछ । हो सामाजिक कार्य गर्दैमा आफ्ना व्यक्तिगत कार्य तथा उद्देश्यमा अवरोध पुर्याएर काम गर्नुपर्छ भन्ने छैन । थोरै समय निकालेर पनि धेरै सामाजिक कार्यमा सहभागिता जनाउन सकिन्छ, यद्दपि सामाजिक कार्यमा खटेको व्यक्तिलाई सहयोग गरेर पनि सामाजिक कार्यमा सहयोग पुर्याउन सकिन्छ ।”

सामाजिक कार्यसँग जोडिनेमा मेरो घटना छ । विज्ञान संकाय विद्यार्थी म, तर साथीभाईको लहलहमा पहिलो पटक स्नातकमा सामाजिक कार्य सोसियल वर्क बुझ्नको लागि काठमाडौँका विभिन्न कलेजहरु दौडिइयो । दोस्रोपटक के एण्ड के कलेजमा छिरेको मनोविज्ञान साइकोलोजी विषय मेरो आकर्षण बन्यो, अनि यहिँ पढ्न सुरु गरेँ ।

सामजिक कार्य विषय पढाई हुने १०० बढी कलेजहरु छन् । विद्यागत, पाठ्यक्रमले दिने कुरा पुरा गर्ने विषयको रुपमा बुझेर सामाजिक कार्य र के एण्डके सँग जोडिएँ । पहिले आउँदा सोसियल वर्क सामाजिक सेवा हो, आवश्यक जनतालाई सहयोग गर्नुपर्छ भन्ने थियो । तर कक्षा भयो दुइ तिन दिन पछि जसरी मैले बुझेको थिएँ , सामाजिक कार्य धर्ममात्र नभएर पेशापनि हो भन्ने बुझेँ । प्रथम वर्षमै आयोनसँग जोडिन पुगेँ । वातावरण कस्तो पाएँ त्यहि लिँदै गए । आज जे छु र पाएको छु त्यसमा म अझै थप समाजको लागि काम गर्ने जाँगर बटुल्न सफल भएको छु ।

सबैभन्दा पहिला म यति प्रतिशत, लक्ष्य छ भनेर यो विषय नपढौँ, न्यौपाने भन्छिन् । पहिले यसले सामाजिक धर्म सिकाउँछ । अनेक विद्या छन तर किताबी ज्ञान भिडाउन लागिपरेका छन् । तर यो विषयमा चाहिँ जति बुझ्नुहुन्छ त्यति नै इन्ट्रेस्टींग हुन्छ । तपाइँलाई पढ र गर भन्नुपर्दैन, स्वतस्फुर्त तपाइँले फलो गर्न थाल्नुहुन्छ । माग, कच्चापदार्थ, सिद्धान्त र व्यवहारीकताको संयोजन हो सोसियल वकर्, जुन मेरो दिशा भएको छ । उनले भनिन् ।

आशावादी अमिशा न्यौपानेले के का लागि के पढ्ने रु भन्ने अप्सन हुन्छ । विषय छनौटपनि महत्वपूर्ण हुन्छ । अवसर आइरहेको हुन्छ तर देखिँदैन, थाहा हुन्छ तर संस्था, व्यक्तिको अभाव हुन्छ । यो कलेजले हरेक कुराहरुमा सहयोग, पहिचान र कार्यस्तानान्तरण गर्ने गर्दछ । यसकारण म आउने पुस्तालाईपनि यही अवसर पाइरहेको र अब्बलताको आदर गर्ने काममा कलेजले सहयोग गरेको कुरा भन्न चुकाउँदिन ।

अहिले न्यौपाने कलेजमै आवद्ध भएर नयाँ पुस्तालाई सामाजिक कार्य सिकाउँदैछिन् ।

के जादु दिनुभयो रु भनेर कार्यक्रम संयोजक बमलाई हामीले सोधेका थियौँ

के एण्ड के कलेजका सामाजिक कार्य विभागका संयोजक पुकार बम भन्छन्, ‘अघिल्ला अग्रजको निरन्तरता हामीले दिएका मात्र हौँ । ६० र ४० अर्थात सैद्यान्तिक र व्यवहारिक दुबै पक्षको संयोजनमा फेकेल्टी, ननटिचिंग स्टाफ, विद्यार्थीको मेहनत नै हाम्रो चिनारी हो । सम्पूर्ण पक्षहरुमा, गुणस्तरको सवालमा हामी लचिलो छैनौँ । हामी काम पुरा नगर्दासम्म फेल गर्छौँ, उसलाई सशक्त बनाउँछौँ र अब्बल बनाएर निकाल्छौँ । ३ वटा फिल्ड पठाएर भन्दापनि सबै कुराहरुमा हाम्रो निगरानी हुने गर्छ । यसैको उपज आज अभिभावकको मायाले नाम जोडिएको छ । सन् २००५ बाटै विश्वविद्यालयको टपर लिष्टलाई चुम्न सफल बनेका छौँ ।’

‘बिएसडब्लू सबैतिर भएपनि हाम्रो कलेजले मानव संशाधनको अपर्याप्ततालाई हामीले पुरा गरेका छौँ । स्थापनाकालदेखिको प्रायः वर्षहरुमै हाम्रो राम्रो रिजल्ट छ । पढाउने, फिल्ड, सुपरभिजन, रिपोर्ट, इभालुएसन । अहिलेसम्म २०० बढी संस्थाहरुसँग हामी सहकार्य गरेर काम गरिरहेका छौँ । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गर्ने अवसर पाउँछन । त्यहि पछि कलेजबाट हायर गरेर विद्यार्थीहरुलाई जागिर दिने गरेका छन् । हामीले गुणस्तरीयता प्रस्तुत गरेर नै आज सबैको माया पाउन सफल बनेका छौँ’ संयोजक बम भन्छन् ।

बम भन्छन् भोलिको योजना लिगेसीलाई मेन्टेन गर्ने हो । संस्था र विद्यार्थी बचाउने हाम्रो क्रम जारी रहन्छ । आगमी दिनमा संघीय देशमा स्थानीय स्तरसम्म विकासे कार्यकर्ताहरु अझ बढी उत्पादन गर्नुपर्ने देखिएको छ । विहान र दिवाका कक्षा बाहेक संन्ध्याकालमा कक्षा सञ्चालन गर्ने पक्षमा छौँ । जागिर मात्र होइन, पेशा हो यो । केही पाइन्छ भन्ने विषय हो । सामाजिक कार्य विशुद्ध हुनुहुँदैन । धर्ममात्र होइन, पेशाको रुपमा हामी विकास गरिरहेका छौँ ।’

त्यागमात्र होइन पेशापनि हो । सबै छाडेर सामाजिक कार्य दिगो हुन सक्दैन अर्थात संस्थागत हुन सक्दैन । सेवासँगै पेशापनि हो । दुबै सँगै जाने भएपछि दिगो हुन्छ । सेवाको भावना सबैमा चाहिन्छ । यसले एउटा बाटो खुलाउँछ, अरुको अन्डरमा काम गर्ने होइन आफैँ संस्था चलाएर यसलाई थप पेशागत बनाउनु जरुरी छ । शिक्षामा मात्र होइन विकासका विभिन्न पक्षहरुमा विद्यार्थीहरुको सहभागिता बढ्दो छ । यही कुरालाई निरन्तरता दिँदा बटुलेको मायालाई हामी ठाउँमै पुर्याएर देशका अब्बल पहरेदार बनाउन लागि परिरहने हाम्रो प्रण छ ।

हाम्रो समाज अझैपनि कन्फ्युजनमा छ । सबैकुरा अस्युर हुन्छ भन्ने छैन । हामीले भनेको कुरा कत्तिको मान्नुभएको छ । तर, यसले बाटो खोलिदिन्छ । अरुले क्षेत्र बनाइदिने भन्दापनि आफैँ सिर्जना गर्ने बाटो खुल्छ । सामाजिक कार्यसँग काम गर्न सामाजिक विज्ञान नै पढेको हुँदा बढी प्रभावकारी हुन्छ । हरेक क्षेत्रमा यो विषयको महत्व बढ्दो छ । मालिक बन्न सक्नुहुन्छ । विकासमा लगानी गरेको हेर्दा मानव संशाधन प्रथम बनेको छ । तसर्थ, हामी त्यो अभावलाई उत्पादन गर्दैछौँ । जुन बजारको लागि उपयुक्त छन् । यो हामीले भन्दा परिणाम र उपयोगीताले प्रष्ट्र्याएको छ ।

सकरात्मक विचार भएको जो कोहिसँग पनि सहकार्य गर्न सहज हुन्छ । आफ्नो थोरै पनि सहयोगले समाजको भलाई हुने काम हुन्छ भने किन सानो सहयोग गर्न पनि हात कमाउने त रु धेरै जनाको थोरै सहयोगले ठूलो ठूलो कार्य सम्पन्न गर्न सकिन्छ आउनुहोस् आजैदेखि प्रण गरौँ सकरात्मक सोच लिएर सामाजिक कार्यमा अगाडी बढेका व्यक्तिलाई उत्प्रेरित गरौँ र सकेको सहयोग गरि समाज विकासमा सहभागि बनौँ । यसको लागि तपाइँको सहि गन्तव्य हुन सक्छ बिएबिएसडब्लू ।





error: Content is protected !!