जाजरकोटमा लैंगिक हिंसा विरुद्धको अभियान सुरु

जाजरकोट :जाजरकोट  मा विभिन्न कार्यक्रमको आयोजना गरि सुरु गरिएको छ । सदरमुकाम खलंगामा भेरी नगरपालिका र जिल्लाका अन्य भागहरुमा अन्य स्थानीय तहहरुको अगुवाइमा विभिन्न चेतनामुलक कार्यक्रमहरुको आयोजना गरि अभियानको सुरुवात गरिएको हो ।

लैंगिक हिंसा र दुव्र्यहार हामीलाइ छैन स्वीकार भन्ने मुल नाराका साथ आइतवार अर्थात मंसिर ८ गते देखि २४ गते सम्मका लागि सुरु भएको अभियानको अवसरमा जिल्लाको भेरी नगरपालिकाले प्रवचन, चेतनामुलक लोकगीत र सडक नाटक लगाएतका कार्यक्रमहरुको आयोजना गरेको छ । नगरपालिकाको कार्यालय थाप्लेचौरवाट व्यानर प्ले कार्डका साथ सुरु भएको सर्वसाधारण, कर्मचारी, जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको जुलुस गैरीखालीमा गएर कोण सभामा परिणत भएको थियो । नगरपालिकाका उपमेयर भावना भन्डारीको अध्यक्षतामा भएको मन्चको कार्यक्रममा वोल्ने वक्ताहरुले लैंगिक हिंसाको अन्त्य महिलाहरुको आर्थिक सामाजिक अवस्थामा सुधार गरेर मात्र सम्भव रहेको वताए ।

उनीहरुले सरकार, राजनैतिक दल, कर्मचारी र सामाजिक अभियन्ताहरुले लैंगिक हिंसा विरुद्ध सचेतनामुलक अभियान चालेर आक्रामक रुपमा अघि वढ्नु पर्ने वताए । कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य गणेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष भीमवहादुर सिंह, गैरसरकारी सँस्था महासंघ जाजरकोटका सचिव सहदेव वस्नेत, नागरिक अगुवा राजेन्द्रविक्रम शाह र भेरी नगरपालिकाको वडा नम्वर ४ का वडाध्यक्ष खम्वजंग शाह लगाएतले लैंगिक हिंसा विरुद्ध मन्तव्य राखेका थिए ।

अभियानको सुरुवात गर्ने कार्यक्रममा सन्चालित चेतनामुलक खुल्ला लोकगीत प्रतियोगितामा भाग लिएका कलाकारहरुले गीत मार्फत वर्तमान सरकार प्रति निकै आक्रोस पोखेका थिए ।

देशमा दुइतिहाइको सरकार हुदा पनि वालिका तथा महिलाहरुमाथि जघन्य अपराध एवम हिंसा गर्नेहरु कारवाहिमा नपरेको उनीहरुको गीती गुनासो थियो । लोकगीत गाउनेहरुले व्यक्त गरेको सरकार प्रतिको आक्रोस र गुनासो उनीहरुको व्यक्तिगत नभइ आम जनताको आक्रोस भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताए । उनले ठुलो काम गर्न नसकेपनि भएका कानुन कार्यान्वयन गरेर हिंसा पिडित नागरिकलाइ सुरक्षा र न्याय दिन नसकेर वर्तमान सरकार हुतिहारा सावित भएको समेत वताए । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा भेरी नगरपालिकाले आयोजना गरेको चेतनामुलक लोकगीत प्रतियोगितामा त्रिभुवन माध्यमिक विद्यालय खलंगाको कक्षा ९ का छात्र अमिन विक प्रथम, होलुजिउला महिला समुह द्धितीय र लक्ष्मी घर्ती र राधिका वुढाको समुह तृतीय भएका छन् । यसै गरि सोहि अवसरमा भेरी नगरपालिका वडा नम्वर ४ गैरीाखालीमा चेतनामुलक सडक नाटक समेत प्रदर्शन गरिएको छ ।

गैरीखालीमा भएको सम्पुर्ण कार्यक्रमलाइ नगरकार्यपालिका सदस्य पार्वती विकले संयोजन गरेकी थिइन् । भेरी मालिका जस्तै जिल्लाका अन्य ६ वटा स्थानीय तहहरुले पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान विभिन्न कार्यक्रम गरि मनाइ रहेका छन्





error: Content is protected !!