हिंसा बिरुद्ध डोल्पाली महिला सडकमा

सुकमाया थापा 
डोल्पा ः बड्दो महिला हिंसा बिरुद्ध हिमाली जिल्ला डोल्पाका महिलाहरु सडकमा उत्रेकाछन् । जिल्लाको दुनै र अन्य स्थानीय तहमा महिलाहरु नारा, व्यानर अनि पिडाका भारी फुकाउदै सडकमा आएका हुँन् ।
लैङ्गीक हिंसा र दुव्र्यबहार,छैन हामीलाई स्विकार्य भन्ने मुल नाराका साथ आइतबार त्रिपुरा सुन्दरी नगरपालिकाका महिलाहरु नाराबाजीगर्दै सडकमा उत्रेकाहुन् ।
जनचेतना र शिक्षाका अभावका कारण जिल्लामा बड्दै गइरहेको महिला हिंसा गतिबिधि बिरुद्ध नगरका सम्पुर्ण महिलाहरु सडकमा उत्रेको अन्तरपार्टी महिला संञ्जालका नगर अध्यक्ष काली चलाउनेले बताईन् ।
लैङ्गीक हिंसा बिरुद्ध १६ दिने अभियानको नेतृत्वगर्दै चलाउनेले गाँउघरमा बिद्यामान छाउपडी प्रथा,महिनावारीहुँदा छुट्टै गोठमा बसाल्ने परम्परा लगाएतले महिलाहरु हिंसाको सिकार बन्दै आएकाले यसको न्युनिकरणकालागि यो अभियान शुरुवात गरिएको बताईन् ।
हिंसा बिरुद्ध ऐक्यबद्धता जनाउन नगरका ग्रामिणबस्तीहरुबाट सयौँको सङ्ख्यामा महिलाहरु अभियानमा सरिक भएका थिए ।
महिलामाथी थिचोमीचो गर्न पाइदैँन,महिला हिंसा अन्य गरौँ,शब्य समाजको निर्माण गरौँ,सामाजिक कुप्रथाको अन्त्य गरौँ भन्ने लगाएतका नारा लगाउँदै महिलाहरुले बगर बजार परिक्रमा गरेका थिए ।


महिला हिंसा बिरुद्धको १६ दिने अभियानघरदैलोमा पुगेर जनचेतनामुलक शन्देसहरु प्रवाहगर्ने सो सम्बन्धि कार्यक्रमहरु स्थानीय संञ्चारमाध्यम मार्फत समेत प्रकाशन प्रशारणगर्ने कार्यक्रम रहेको बताइएको छ ।
यसैगरी ठुलीभेरी नगरपालिकामा पर्ने सदरमुकाम दुनैमा समेत महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत प्रभातफेरी गरिएको छ ।
उक्त अभियान अन्तर्गत १६ गते देखि २४ भित्रको अवधिमा दिप प्रज्वलन,निबन्ध प्रतियोगिता,ज्ञापन पत्र लगाएतका कार्यक्रमहरु राखिएको महिला तथा बालबालिका कार्यालय दुनैले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!