नागरिकता बितरणकालगि घुम्ती शिविर सम्म्पन्न

ज्ञानु गौतम रुकुम
गाउमै सेवादिने उदेश्यले जिल्ला प्रशासनकार्यालयले नागरिकता बितरणकालगि घुम्ती शिविर सम्म्पन्न गरेको छ ! प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी नेतृत्वको टोलीले आज शनिबार चौरजहारी नगरपालिका वडा नम्बर १४ मा शिविर सञ्चालन गरेको छ। वडा कार्यलयमा भएको शिविरबाट ९३ जनालाई नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रशाद रेग्मिले जानकारी दिनुभयो छ।
शिविरमा ५५ जना महिला र ३८ जना पुरुषलाई नागरिकता बनाएका छन शिविरमा पहिलो पटक कम्प्युटरबाट प्रिन्ट गरेर नागरिकता उपलब्ध गराइएको थियो। यसका साथै शिविरमा मतदाता नामवली समेत भरिएको थियो। एक सय पाँच जनाले मतदाता नामवली भरेको बताइएको छ। गाउंघरमै सेवा पाएपछी सेवाग्राही खुसिभएका छन!










