नेपाल वार जाजरकोटको अध्यक्षमा सिंह

जाजरकोट : कानुन नुन व्यावसायीहरुको छाता संगठन नेपाल वार एसोसियसन जाजरकोटको अध्यक्षमा भीमवहादुर सिंह निर्वाचित भएका छन् ।
नेपाल वारमा आवद्ध कानुन व्यावसायीहरुको विहिवार सदरमुकाम खलंगामा सम्पन्न भेलाले नेपाल पत्रकार महासंघ जाजरकोटका अध्यक्ष समेत रहेका सिहंको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । नयाँ निर्वाचित कार्यसमितिको उपाध्यक्षमा प्रकाशकुमार शाही, सचिवमा राजवहादुर सिंह, कोषाध्यक्षमा धनवहादुर थापा रहेका छन् भने सदस्यहरुमा अधिवक्ताहरु कृष्णविक्रम शाह, भक्तवहादुर मल्ल, छविराज शर्मा, सहदेवजंग शाह, पदमवहादुर शाह, निमवहादुर शाही निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक सहदेवजंग शाहले वताए । नवनिर्वाचित वार अध्यक्ष सिंहले आफनो कार्यकालमा जिल्लाको न्याय सेवा र कानुनी सहायता सेवालाइ जनमुखि एवम जनमैत्री वनाउन पहल गर्ने वताए । उनले सर्वसाधारण जनताको पहुचलाइ न्यायलय सम्म सहज वनाउन आफुले सक्रिय भुमिका खेल्ने पनि वताए ।










