गैरसरकारी सस्था महासंघ जाजरकोटमा वस्नेत

जाजरकोट ः गैरसरकारी सस्था महासंघ जाजरकोटको अध्यक्षमा वीरवहादुर वस्नेत दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । हिमालय समाज विकास केन्द्रका अध्यक्ष समेत रहेका वस्नेत दोस्रो कार्यकालका लागि सर्वसम्मत रुपमा निर्वाचत भएका हुन् ।
महासंघको वुधवार सदरमुकाम खलंगामा सम्पन्न आठौं जिल्ला अधिवेसनवाट वस्नेतको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएको छ ।दिगो विकास, समृद्धि, शुसासन र अर्थपुर्ण साझेदारी आजको आवस्यकता,सामाजिक रुपान्तरणका लागि सवल र शसक्त नागरिक संगठन हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ सम्पन्न उक्त अधिवेसनले महासंघको उपाध्यक्षमा श्रमवहादुृर सिंह, सचिवमा सहदेव वस्नेत, कोषाध्यक्षमा सरस्वती गिरी र सहसचिवमा कृष्णजंग शाहलाइ निर्वाचित गरेको छ । यस्तै अधिवेसनले वासुदेव शर्मा,वसुन्धरा नेपाली, विश्वविक्रम शाह,सीता सुनार,सुमित्रा नेपाली तिर्थवहादुर रोकाय मनोहरविक्रम शाह र दिनेशकुमार श्रेष्ठलाइ सदस्यमा निर्वाचित गरेको छ ।
गैरसरकारी सँस्था महासंघलाइ सवैको साझा सस्थाको रुपमा स्थापित गराउदै शसक्त सामाजिक अभियान सन्चालनका लागि नयाँ ढंगले अघि वढन् नवनिर्वाचित अध्यक्ष वीरवहादुर वस्नेतले वताए । कर्णाली प्रदेश सभाका सदस्य कौशिलावती खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनका अवसरमा विभिन्न सस्थाहरुलाइ सम्मान गरिएको छ । महासंघका नवनिर्वाचित सचिव सहदेव वस्नेतका अनुसार वालवालिकाको क्षेत्रमा उत्कृष्ट योगदान गर्ने युवा जागरण केन्द नेपाल ९यार्सन० , सन्चार क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने हाम्रो पाइला एफएम र पुर्वाधार विकासको क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने नेपाल ग्रामीण पुर्ननिर्माण सँस्था ९आरआरएन०जाजरकोटलाइ सम्मान गरिएको छ ।
सम्मानित हुने सस्थाका प्रमुखहरुलाइ दोसल्ला र सम्मानपत्र प्रदान गरिएको सचिव वस्नेतले वताए । अधिवेसनका असरमा शुभकामना राख्ने वक्ताहरुले समाजको सकरात्मक परिवर्तन र समग्र विकासका लागि गैरसरकारी सस्थाहरुले सरकारको प्रमुख सहयोगी भएर काम गर्नु पर्ने कुरामा जोड दिएका थिए । आफना मान्छेलाइ जागिर खुवाउनका लागि भन्दा पनि सक्षम जनशक्तिको सदुपयोग र विकास विरोधी तत्वहरुलाइ समाजवाट निरुत्साहित गर्ने तर्फ गैरसरकारी सस्थाहरुले भुमिका खेल्नुपर्ने उनीहरुको सुझाव थियो ।
अधिवेसनको उद्घाटन सत्रमा कर्णाली प्रदेश सभाका सदस्यद्धय कौशिलावती खत्री, कृष्णा शाह, प्रमुख जिल्ला अधिकारी ललितकुमार वस्नेत गैरसरकारी सस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष खीमवहादुर शाही लगाएतले शुभवकामना दिएका थिए । अधिवेसनमा जिल्लाका ४३ सामाजिक संघसस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।










