नलगाड पहुँच मार्गको स्तर उन्न्ती कार्य सुरु

जाजरकोट ः जाजरकोट पुर्वी क्षेत्रमा निर्माण हुँन लागेको नलगाड हाईडोपावरको पहुँच मार्गको स्तरउन्न्तीको काम सुरु भएको छ । जिल्लाको नलगाड नगरपालिकाको कालीमटी देखि रघुनाथ हुँदै ओरारी सम्मको सडकको स्तरउन्नतीका लागि बिहिबार देखि काम सुरु भएको छ ।

सांसद गणेसप्रसाद सिंहले कालीमटीबाट एक कार्यक्रमका वीच सडकको उद्घाटन गनुभयो । नलगाड सरोकार समितिका अध्यक्ष समेत रहेको सांसद सिंहले निर्धारित समय भित्र काम पुरा गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिनुभएको छ । नलगाड जलविद्युत आयोजनाको काम गर्दा सामग्री लिन र दैनिक स्थानीयलाई यात्रा गर्न सहज होस भनी करिव १० किलोमिटर सडकको स्तरउन्नतीको काम सुरु भएको हो ।

 

अहिले नलगाड नदीको तीरै तीर सडक निर्माणको काम भईरहेकोले बारेकोट गाउँपालिका र नलगाड नगरपालिकाका साथै जुम्ला जाने यात्रुलाई सहमस्य हुँदै आएको छ । सो समस्या हल गर्न तुरुन्त सडक स्तरउन्नती गतीमा लिन सांसद सिंहले अनुरोध गनुभयो ।





error: Content is protected !!