स्थापना भएको ४५ वर्ष पछि वार्षिक उत्सव मनाउने

सुकमाया थापा
डोल्पा :स्थापना भएको ४५ वर्ष पछि वार्षिक उत्सव मनाउने भएको छ । मुडके चुला गाउपालिका वडा नं ९ होर्तमा रहेको चन्दनाथ आधारभुत विधालयमा पहिलो चोटि बिभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाइने भएको छ । सो कार्यत्रलममा मुडकेचुला गाउपालीका अन्तरगतका आधारभुत तहका सम्पुर्ण बिधालयहरुले महिला भलीबल, पुरुष फुटबल, मैत्रिपुर्ण खेलकुद प्रतियोगिता लगायत साँस्कृतिक कार्यक्रमहरु संचालन गर्नेे भएको छ ।
स्थापना भएको समय देखि अहिले सम्म स्थापना दिवस नमनाएको चन्दननाथ आधारभुत विद्यालयले पहिलो पटक आफ्नो स्थाना दिवस तथा वार्षिक उत्सव मनाउने तयारी गरिएको विद्यालय स्रोतल जनाएको छ । विगतका दिनहरुमा विद्यालयका प्रधानाध्यापक, व्यबस्थापन समिति, शिक्षक र अभिभाबक कसैको वार्षिक उत्सव तथा स्थापना दिवस मनाउने प्रयास समेत नगरेको स्थानीय भानुु भक्त बुढाले बताउनु भएको छ ।
यो पछिल्लो समयमा जन निर्बाचित प्रतिनिधि वडा अध्यक्ष जयप्रसाद बुढा, प्रधानाध्यापक इन्द्र वोहोराको सक्रियता र अभिभावक, विद्यालय व्यबस्थापन समितिको सक्रिय भुमिकाले पहिला भन्दा बिद्यार्थीहरु पनि नियमित र राम्रो सङख्यामा उपस्थिति हुने गरेको चन्दन नाथ आधारभुत विद्यालय श्रोतले जानकारी दिएको छ ।
अहिले चन्दननाथ आधारभुत विद्यालयमा कक्षा १ देखि ८ सम्म जम्मा २४७ जना विधार्थी हरेको चन्दन नाथ आधारभुत विद्यालयका प्रअ वोहोराले जानकारी दिनु भएको छ । भौगोलीक बिकटताले पछि परेको हिमाली जिल्ला डोल्मामा अशिक्षा, गरीबि, सञ्चारको कमी, कठिन भुबनोटको समस्या र डोल्पा जिल्लाको लागि केहि बिकास गर्छु भनि अग्रसर भएका जिम्मेवार निकायका व्यक्तित्वको लापरबाहि लगाएतका बिभिन्न कारणले गर्दा राज्यबाट व्यबस्था भएका कुनैपनि कुराहरु डोल्पाली जनताहरुले पाउन नसक्दा कुना केन्द्रामा रहेका सोझा साझा जनताहरु मारमा परेको एक स्थानियले बताएका छन । कार्यक्रम मङ्सिर १० गते हुने वताएकाे छ ।










