जाजरकोट अस्पतालको गाडी सुर्खेत प्रहरीको नियन्त्रणमा, दुर्घटनापछि कार्यालय सवारि बिहीन

जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटको बा २ झ ४४० नम्बरको बोलेरो करीब एक बर्षदेखि सुर्खेत प्रहरीको नियन्त्रणमा रहेको पाईएको छ । स्वास्थ्य कार्यालय जाजरकोटका ब्यबस्थापन समितिका अध्यक्ष तथा बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर शाहले सुुर््खेेत गोष्ठीमा सहभागी हुन कार्यालयको सबारी लिएर जाँदा दुर्घटनामा परेपछि गाडी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । तर, स्वास्थ्य कार्यालयको गाडी जनप्रतिनिधिहरुको गोष्ठीमा लगेर दुर्घटनामा परेको करीब एक बर्ष भईसक्दा पनि सम्बन्धीत निकायले ब्यवास्ता गरेपछि हाल जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोट सबारी साधन बिहिन बनेको छ ।

गाउँपालिकाका अध्यक्षको पहलमा स्वास्थ्यको गाडी  गोष्ठीमा लिएर जानु र दुर्घटनामा परेपछि सबारी मर्मतमा बेवास्ता गर्नु  समस्य  भएको सरोकारवालाहरु बताउँछन् । सबारी दुर्घटनामा परेपनि मर्मत सम्भारका लागि सम्बन्धीत सबैले ध्यान नदिँदा आफुहरुलाई समस्या पर्ने गरेको भन्दै जनस्वास्थ्य कार्यालयका कर्मचारीहरुले गुनासो गरेका छन् । ‘अहिले कार्यालयमा नत मोटरसाईकल छ, नत कुनै गाडी’ कार्यालय निमित्त प्रमुख राजेन्द्र लामाले भने, ‘दुर्घटनामा परेपछि गाडी सुर्खेत प्रहरीकोमा नै छ । त्यहाँ गाडी बसेको लगभग एक बर्ष जति भयो । हामी लाई गाडी नभएर असाध्यै समस्या परेको छ ।’ उक्त बोलेराृे मर्मतका लागि करीब पाँचलाख रुपैँया लाग्ने भएपनि आबश्यक बजेट नभएपछि आफुहरु समस्यामा पर्ने गरेको उनको भनाई छ ।

गापाका अध्यक्षलाई गोष्ठीमा सबारी लिएर जाने चालकले मदिरा सेवन गरि जथावाभि गाडि चलाउदा मलामि जान लागेका ३ वटा मोट साइकल लाइ ठक्कर दिएर घाईते समेत बनाएको थियो । सो घटना भएपछि कार्यालयको सबारी ट्राफिक प्रहरीको नियन्त्रणमा आएपछि सम्बन्धीत निकायका कोहीपनि सबार िलिन नआएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आफुहरुलाई गोष्ठीमा छाडेर बिना जानकारी चालकले सबारी लिएर जाँदा दुर्घटनामा परेको बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहको भनाई छ । दुर्घटनामा परेको सबारी पुरानो रहेको र ईन्सोरेन्स समेत नगरेको उनले बताए । ‘त्यो गाडी नै पुरानो गाडी रहेछ । त्यसमाथि बिमा पनि गरेका रहेनछन् अब मर्मत गर्नका लागि पैसा नभएको कारण यत्तिकै प्रहरीकोमा बसिरहेको होला । मैले सामाजिक बिकास मन्त्रीसँग कुरा गरीरहेको छु । उहाँले प्रकृया मिलाएर गाडी ब्यबस्थापन गर्ने बताएका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!