ऋण काढेर भारत कमाउन जानेको लर्को

जाजरकोट ः छेडागाड नगरपालिका–८ का ४३ वर्षीय पवित्र कामी भारतमा कमाइका लागि टीका लगाएर हिँडे। उनलाई टीका लगाउने चासोभन्दा बढी भारत जानका लागि भाडाको चिन्ता थियो।

स्थानीय साहुबाट पवित्रले भारत जाने पैसा नेपाली रुपैयाँको साटो फर्क‌ंदा ब्याजसहित भारु दिने भाकामा ऋण काडेको बताए। त्यस्तै,अर्का ललितबहादुर नेपाली छोरीको विहे गर्दा लागेको ऋण तिर्नका लागि साहुँसँग ऋण काडेर नेपाली रुपैयाँको ठाउँमा ठेकी ९व्याज०सहित भारु दिने सर्तमा ऋण लिएर भारत हानिएका छन्। गाउँमै लाग्ने स्थानीय मेलाहरू समेत मनाउन नपाएका उनले घरमा तीन महिनाकी सुत्केरी श्रीमती छोडेर हिँडेको पीडा झन् दर्दनाक छ।

 

अधिकांश विद्यालय उमेरका बालबालिकासमेत भारतमा अभिभावकसँग कमाउनका लागि गएको शिवालय गाउँपालिका–७ का श्याम थापाले बताए। जिल्लाका अधिकांश स्थानीय तहका स्थानीयहरु दशैँ, तिहारमा लागेको ऋणदेखि छोरा, छोरीको विवाह, पढाइ खर्च लगायतका कामहरू गर्दा लागेको ऋण तिर्न भारत जानुपरेको बताउँछन्।

 

अहिले भारत गएका स्थानीयहरू नयाँ वर्ष बनाउन गाउँ फर्कने बताउँछन्। कमाइको आधा रकम भारत जाँदा साहुबाट भाडास्वरूप लिएको रकम तिर्न ठिक्क हुने गर्दछ। केही स्थानीयहरू गाउँबाट जाँदादेखि नै ठेकेदारले भाडा हालेर लिने भएकाले भारत काम गरी फर्कंदासम्म ठेकेदारकै इसारामा चल्नुपर्ने बाध्यता भएको सुनाउँछन्।

 

घरदेखि सुरु भएको ऋणको भारी भारतमा समेत ठेकेदारको ठगी धन्धासम्म पुगेर पीडा भोग्नुपरेको बारेकोट गाउँपालिका सक्लाका रत्नवहादुर कुमाई बताउँछन्। कमाइभन्दा ठाउँ, ठाउँमा पीडा बढी भोग्नुपरेको उनको भनाइ छ। जति काम गरे पनि ठेकेदारले लगाएको रेटमा काम गर्नुपर्छ, प्रत्येक काम गर्ने मान्छेबाट ठेकेदारले मोटो रकम असुल गरी बचेको पैसा मात्र दिने गरेको उनको भनाइ छ। पाइला, पाइलामा ठगिनु पर्दा गरिबका दिन कहिले आउलान् भन्दै डाँको छोडी रुनुपर्ने अवस्था सिर्जना हुने गरेको भन्दै कुमाइ भक्कानिए।

 

भारतमा साहुँले दिने रेटभन्दा कममा नेपाली ठेकेदारले काम लगाउने गरेको अधिकांश नेपाली कामदारको भनाइ छ। दुस्ख गरेर पनि पैसा अर्कैले लुट्ने अवस्थाको अन्त्य नभएसम्म हाम्रो आत्मले शान्ति नपाउने भेरी नगरपालिका रिसागका श्याम खत्रीले बताए। कमाएको रकमसमेत कमाउने मान्छेसम्म नपुग्ने समस्याले गर्दा पीडा भोग्नुपरेको खत्रीले बताए।





error: Content is protected !!