जाँड, रक्सी वन्द संगै सुन्दर वन्दै गाउँ

जाजरकोट , २६ कात्तिक(रासस) ६ महिना अघि जाँड , रक्सी विक्री तथा सेवन गर्ने यहाँका स्थानीयहरु अहिले उत्पादन र विक्री गर्न हुँदैन् भनेर सन्देश दिदै हिडेको देख्दा अनौठो लाग्ने गरेको स्थानीय गाउँका वासीन्दाहरु बताउँछन् ।
समाजमा जाँड ,रक्सीका कारण विभिन्न घटनाहरु वढ्न थालेपछि नलगाड नगरपालिका ८ हल्चौरमा नयाँ सुरक्षा दल गठन गरी मधिरा निषेध अभियानमा लागेपछि अहिले गाउँ शान्त भएको स्थानीय नारायणवहादुर खत्रीले बताउनुभयो । गाउँमा लाग्ने सामान्य जात्रा, भेला , वैठकमा समेत मधिराका कारण झगडा हुँदा हप्तै पिच्छे प्रहरी कार्यालयमा धाउने स्थानीयहरु अव छिमेकी गाउँमा मधिरा उत्पादन तथा विक्री वितरण गर्न हुँदैन भनी सन्देश दिएको देख्दा जो कोही अचम्म परेको खत्रीको भनाई छ ।
६ महिना अघि मधिरा बनाउने महिलाहरु अहिले मधिरा वन्द अभियानमा जुट्दा गाउँमा थप शान्ति , सुरक्षा वढेको उहाँको भनाई छ । गाउँका लाग्ने , जात्रामा सुरक्षा दलले सुरक्षा दिने गरेको नलगाड नगरपालिकाका कार्यापालिका सदस्य नरवहादुर विकले बताउनुभयो ।
तिहारमा सधै झगडा हुँने हल्चोरमा यो पटक झगडा र मधिरा कसैले नखाएको देख्दा अनौठो लागेको बारेकोट गाउँपालिकाबाट हल्चौरमा टिका लगाउन आउनुभएकी टिका खत्रीले बताउनुभयो । अव हल्चौरको सिको सवैले सिक्नुपर्ने उहाँको भनाई छ ।








